प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

ऐश्वर्या मनाउदै ४५औ जन्म दिन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १५, बिहीबार १४:५७

मुम्बई: बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनले आज आफ्नो ४५औ जन्म दिन मनाउदै छिन्। २१ बर्षको उमेरमा सन् १९९४ मा मिस वर्ल्ड जितेकी ऐश्वर्या रायले बलिवुडका फिल्म देखि थुप्रै अन्तर्राष्ट्रिय मंचहरुमा भारतको प्रतिनिधित्व गर्दै आएकी छन्। बलिवुडमा ऐश्वर्याले दुई फिल्म फेयर अवार्ड र भारत सरकारबाट पदमा श्री अवार्डले पनि सम्मानित भएकी छन्।

देवदास, हम दिल दे चुके सनम, धुम २, जोधा अकबर, मोहबते, ए दिल है मुस्किल जस्ता सफल फिल्मका लागि ऐश्वर्यालाई बलिवुडमा सम्झिने गरिन्छ। ऐश्वर्या कान्स फिल्म फेस्टिभलमा जुरीको भूमिका निभाउने पहिलो बलिवुड अभिनेत्री पनि हुन्। सन् २००७ मा अभिनेता अभिषेक बच्चनसँग विवाह बन्धनमा बाधिएकी ऐश्वर्या विवाह अघि अभिनेता सलमान खानसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहेकी थिइन् । फिल्म हमदिल दे चुके सनमपछि सलमानसँग नजिकिएकी ऐश्वर्या सलमानको खराब व्यवहारका कारण उनीसँग टाढा भएकी थिइन्।

हाल अभिषेक बच्चनसँग सफल वैवाहिक सम्बन्धमा रहेकी ऐश्वर्याकी एक छोरी आरध्या रहेकी छन् ।  ऐश्वर्याको बलिवुडमा पछिल्लो फिल्म फन्ने खान गत अगस्टमा रिलिज भएको थियो भने अब उनको नयाँ फिल्म आफ्नै पति अभिषेकसँग गुलाव जामुन आउदै छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु