रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

चितवन राइनोजद्धारा काठमाडौँ रोयल्स १३ रनले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १५, बिहीबार १५:०४

काठमाडौँ: नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। सुरुका दुई खेलमा हार बेहोरेको चितवन राइनोजले त्यसपछि खेलेका दुई खेलमा जित हासिल गर्दै प्रतियोगितामा फर्किएको छ।

आफ्नो चौथो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको छ। चितवन राइनोजले दिएको १५० रन पछाएको काठमाडौँ रोयल्सले २० ओभरमा ९ विकेट गुमाउदै १३६ रन मात्र बनाएको थियो। काठमाडौँ रोयल्सका लागि भारतीय खेलाडी गौरव तोमारले सर्वाधिक ३९ रन बनाएका थिए भने कप्तान ज्ञानेन्द्र मल्लले ३० रनको पारी खेलेका थिए। त्यस्तै पवन सराफले २८ र जयकिसन कोलसावलले १८ रन बनएका थिए।

चितवन राइनोजका बलर करन केसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए। त्यस्तै कप्तान पारस खड्काले २ विकेट लिएका छन् भने समित पटेल, सन्नी पटेल र भुवन कार्कीले एक एक विकेट लिएका थिए। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाउदै १४९ रन बनाएको थियो।

चितवन राइनोजका लागि हरिशंकर शाहले सर्वाधिक ६० रन बनाएका छन्। बुधबारको खेलमा धनगढीविरुद्ध ५३ रन बनाएका हरिशंकरले लगातार दोस्रो खेलमा अर्धशतक बनाउदै चितवन राइनोजलाई सम्मानजनक अवस्थामा पुर्याएका थिए । हरिशंकरले ४९ बल खेल्दै ५ चौका र ३ छक्का बनाउदै ६० रनको पारी खेलेका हुन्।

चितवनका लागि अनिल अनिलकुमार शाहले २७ बलमा २७ रन बनाएका थिए भने समित पटेलले ३१ तथा कप्तान पारस खड्काले १४ बलमा १४ रन बनाएका थिए । त्यस्तै सन्नी पटेलले १३ रन बनाएका थिए । काठमाडौँ रोयल्सका बलर बसन्त रेग्मीले २ विकेट लिए भने नन्दन यादव र पवन सराफले एक एक विकेट लिएका थिए।

प्रतियोगितामा चौथो खेलमा दोस्रो जित हासिल गर्दै चितवन राइनोजले ४ अंक हासिल गरेको छ भने काठमाडौँ रोयल्सले आफ्नो तेस्रो खेलमा २ जित र एक हार सहित ४ अंक हासिल गरेको छ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु