रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

माथिल्लो तामाकोशीको शेयर आजदेखि बिक्री शुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १५, बिहीबार १५:०८

काठमाडौँः माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित दोलखावासीलाई साधारण शेयर बिक्री र बाँडफाँट गरिसकेको छ । बुधबार मात्रै कम्पनीले दोलखावासीलाई साधारण शेयर बाँडफाँट गरेको हो । कम्पनीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्काशन छिटोमा यही कात्तिक १९ गतेसम्म तथा बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनाले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, आयोजनाका कर्मचारी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई शेयर बिक्री गरिसकेको छ । यस्तै आयोजना प्रभावित दोलखावासीका लागि गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म पहिलो चरणमा शेयर बिक्री भइसकेको छ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र ऋणदाता संस्थाका कर्मचारीलाई यसअघि नै शेयर बिक्री गरिसकेको छ ।

कम्पनीले सर्वसाधारण शेयरतर्फ रु १० अर्ब बराबरको शेयर बिक्री गर्ने जनाएको छ । त्यसमा सञ्चयकोषका सञ्चयकर्तादेखि स्थानीयवासी र सर्वसाधारणसमेतको शेयरको हिस्सा रहनेछ । माथिल्लो तामाकोशी आयोजनाको बिजुली व्यावसायिक उत्पादनको लागि भने अझै एक वर्ष जति कुर्नुपर्ने छ । आयोजना प्रमुख विज्ञान श्रेष्ठले दोलखावासीले जस्तै सर्वसाधारणले पनि शेयरमा विशेष चासो राख्ने र धेरैभन्दा धेरै नागरिक सहभागी हुने अपेक्षा गरिएको बताए।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु