काठमाडौँः नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ । विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ ।
प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्रवद्र्धन हुन सकेको छैन । पर्यटकलाई नयाँ स्वाद पस्किने उत्पादन नै पर्यटन वर्ष २०२० को विशेषता हुनसक्ने छ ।
अतिथिदेवो भवः भन्ने भावनालाई साकार तुल्याउँदै सेवाप्रवाह गर्न यस्ता पर्वतीय पर्यटनको प्रचारप्रसार हुनु जरुरी छ, भन्छन् नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ ।
देशको शान्ति सुरक्षा, राजनीति स्थिरता, अनुकूल मौसम र तीव्र प्रचारप्रसारका कारण पर्वतीय पर्यटनमा आकर्षण बढ्दो छ तर पर्याप्त प्रयास देखिँदैन । “नेपालमा यतिधेरै माउन्टेन छन् अहिलेको अवस्थामा आएका पर्यटक उल्लेखनीय होइन, गुरुङले भने, अझै प्रचारप्रसार गर्नु जरुरी छ ।”
उनले अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्वतारोहण गर्ने पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि भएको भन्दै पर्वतीय पर्यटनको विकासमा फड्को मार्ने विश्वास लिइएको विश्वास व्यक्त गरे।
नेपाल पर्वतारोहण सङ्घका अनुसार सन् २०१६ मा पाँच हजार ८०० देखि छ हजार ५०० मिटर उचाइका हिमचुली आरोहण गर्ने पर्यटकको सङ्ख्या चार हजार ८२३ थियो । सन् २०१७ मा यसको सङ्ख्या बढेर पाँच हजार ९२९ पुगेको तथ्याङ्क छ ।
राजश्व भने सन् २०१६ मा सात लाख ५१ हजार ५३५ अमेरिकी डलर ९रु आठ करोड ६४ लाख० थियो । २०१७ मा भने नौ लाख ९७ हजार ८२३ अमेरिकी डलर ९रु ११ करोड ४७ लाख० राजश्व सङ्कलन भएको थियो । सन् २०१८ मा भने पर्यटकको आगमनमा वृद्धि भएको सङ्घको दाबी छ । नेपाल पर्वतारोहण सङ्घमार्फत नेपालका २७ हिमचुलीको व्यवस्थापन हुँदै आएको छ । नेपालको हिमालय क्षेत्रमा तीन हजार ३१० हिमचुली छन् । त्यसमध्ये छ हजार मिटर उचाइका एक हजार ३१० हिमचुली छन् ।
सात हजार मिटरमाथिका १२२ र आठ हजारमाथिका हिमचुली १४ वटा छ । सरकारले अहिलेसम्म ४१४ हिमचुलीमा प्रवेश खुला गरेको छ । जसमध्ये २७ हिमचुली आरोहणको व्यवस्थापन सङ्घले गर्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा अब सङ्घले नयाँनयाँ हिमचुलीको खोजी गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिन्छन्। “एउटै मान्छे एउटै हिमाल चढ्न बारम्बार आउँदैन, नयाँ ठाउँ खोज्नुपर्छ, तपाईहरु गर्नुहोस्, सरकारले यसमा सहयोग गर्छ ।” देवकोटाले भने ।
अहिले पर्वतारोहणका विदेशीलाई प्रतिव्यक्ति १२५ डलर प्रवेश शुल्क छ । नेपालीलाई रु दुई हजार छ । उनीहरुले एकपटक जाँदा तीनदेखि चार हजार डलरसम्म खर्च गर्ने गरेका छन् ।