डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

धनगढी ब्लुजद्वारा पोखरा पल्टन २ विकेटले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १६, शुक्रबार १६:५६

पोखरा: पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताकाे अाजकाे पहिलाे खेलमा एक्स्पर्ट धनगढी ब्लुजले पोखरा पल्टनलाई २ विकेटले पराजित गरेको छ। १ सय ४५ रनको लक्ष्य धनगढीले अन्तिम १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । धनगढीले समूहका सबै ५ खेलबाट ६ अंक जोड्यो। पोखराको ४ खेलबाट ४ अंक भएकाे छ। पोखराले अन्तिम खेल खेल्न बाँकी छ।

लिगको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो हुने टिम इलिमिनेटका लागि प्रतिस्पर्धा गर्नेछन् भने पुछारका ३ टिम बाहिरिनेछन्। अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिमा धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन जोडे । दीपेन्द्र ४९ बलमा अविजित रहे। उनले २६ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। धनगढीका लागि पिटर ट्रेगोले ३४ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५३ रन जोडे। ओपनिङ ब्याट्सम्यान सुभेन्दु पाण्डेले २२ रनको योगदान दिए। बलिङमा पोखराका रासिद खानले ४ विकेट लिए। ललितनारायण राजवंशी र विक्रम भुषालले २-२ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो। सुस्त सुरुवात गरेको पोखराले अन्तिम ५ ओभरमा ५९ रन जोडेको थियो। पोखराका लागि रोहितकुमार पौडेलले सबैभन्दा बढी ३१ रन जोडे। उनले ड्यानियल लरेन्सको बलमा एलबिडब्लूको धरापमा पर्नुअघि २१ बलमा ४ चौका र १ छक्का हिर्काए। बलिङमा धनगढीका कमलसिंह ऐरीले ४ विकेट लिन सफल भए। पिटर ट्रेगो, ड्यानियल लरेन्स र रोबिन क्षेत्रीले १-१ विकेट हात पारे।

अाजकाे दोस्रो खेलमा बुटवल ब्लास्टर्स र हुलास काठमाडौं रोयल्सबीच प्रतिस्पर्धा भइरहेकाे छ ।तालिकाको शीर्ष स्थानको बुटवलले चार खेल खेल्दै दुईमा जित र दुईमा हार व्यहोरेको छ । तीन खेल खेलेको काठमाडौंले दुई खेल जित्दा एक खेल हारेको छ । काठमाडौं तालिकाको चौथो स्थानमा छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु