प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कसरी जाडोमा छालाको स्याहार गर्ने ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १७, शनिबार ११:५४

काठमाडौं। जाडो महिना क्रमिक रुपमा शुरु भैसकेको छ। यो जाडो महिनामा विशेष गरेर छालाको समस्या आउने गर्दछ। जाडोमा बढी मात्रामा छाला सुख्खा हुने गर्दछ। त्यसको फलस्वरुप हातखुट्टा फुट्ने, ओठ फुट्ने छाला सुख्खा हुने कपाल सुक्खा भएर फुरुङ्ग देखिने हुन्छ।

त्यतिमात्र होइन, जाडो महिना शरीरमा विभिन्न किसिमका एलर्जीहरु पनि देखा पर्छन्। उनीको लुगा लगाउने हुँदा एलर्जी भएर शरीर चिलाउने, पोल्ने पनि हुन्छ। जाडोमा हातखुट्टा सुनिने समस्यापनि धेरै देखिने गरेको छ। त्यसमाथि जाडो छ भनेर धेरै घाममा बस्ने, आगो ताप्ने हिटर ताप्ने गर्दा छाला सुख्खा हुने गर्दछ।

जाडोको घाम रापिलो हुने हुँदा छालामा भएको चिल्लोलाई सोचेर छालालाई सुख्खा बनाउँछ। घामले गर्दा अनुहारमा चायाँ बढ्नुको साथसाथै अनुहारमा चाउरीपन बढ्दै जान्छ। त्यसैले जाडोमा घाममा बस्दा वा घरबाहिर निस्कँदा सन्सक्रिममा बढी एसपिएफ भएको प्रयोग गर्नु पर्दछ।

जाडोमा हामीले धेरै साबुन प्रयोग गर्नाले हाम्रो छाला सुख्खा हुदैँ जान्छ, त्यसैले जाडोमा साबुनको सकेसम्म कम प्रयोग गर्दा राम्रो हुन्छ वा बच्चालाई प्रयोग गर्ने साबुन अथवा ग्लिसिरिन भएको साबुनको प्रयोग गर्न सक्छौँ।

जाडोमा हामीले फेसवासको प्रयोग गर्दा पनि माइल्ड खालको फेसवासको प्रयोग गर्ने र तुरुन्तै मोस्चराइज क्रिमको प्रयोग गर्न सक्छौं, त्यसो गर्दा जाडोमा मोस्चराइज हराउन पाउँदैन।
जाडो याममा हिटर ताप्ने, घाममा धेरै बस्दा शरीरमा पानीको मात्रापनि कम हुने हुँदा प्रशस्त मात्रामा मनतातो पानी पिउनु पर्दछ । किनभने हातखुट्टा धेरै फुट्नुको कारण पनि शरीरमा पानीको मात्रा कम भएकाले हो।

मोस्चराइजजिङ लोसनक्रिम जाडो र गर्मी महिनाको भिन्न हुन्छ। गर्मीमा प्रयोग गर्ने क्रिमले जाडोमा काम नगर्न पनि सक्छ। त्यसैले जाडोमा प्रयोग गर्ने मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ। किनभने जाडोमा प्रयोग गर्ने लोसनमा बढी मोस्चराइज वा चिल्लो खालको हुन्छ।

हामीले जाडो महिनाामा धेरै ग्लिसिरिन को प्रयोग गर्ने गर्दछौँ। त्यो राम्रो पनि हो। ग्लिसिरिनको प्रयोग गर्दा हामीले ग्लीसिरिन मात्रा प्रयोग गर्नुहुदैँन। किनभने ग्लिसिरिनमा पानी सोस्नो शक्ति हुन्छ र ग्लिसिरिनको मात्र प्रयोग गर्नाले शरीरमा भएको चिल्लो पदार्थलाई सोचेर छाला झन् सुख्खा बनाउने गर्दछ। त्यसैले ग्लिसिरिन को प्रयोग गर्दा जहिले पनि एक चम्चा ग्लिसिरिन मा दुईचम्चा पानी वा रोज वटर वा कागती मिसायर प्रयोग गर्दा उपयुक्त हुन्छ।

जाडोमा खुट्टा फुटेर हैरान भइन्छ, त्यो बेलामा खुट्टा फुट्ने समस्या भएकाहरुले खुट्टालाई बनाएको क्रिम लगाउनुपर्छ। त्यसमा धेरै मोच्चराइज केमिकल हालेर बनाइएकोले फुटेको खुट्टा छिटो निको हुन मद्दत गर्छ।

जाडोमा हामीले नुहाउँदा तातो पानीको प्रयोग गर्ने गर्दछौँ तर धेरै तातो पानीको प्रयोग गर्दा शरीर सुख्खा हुन्छ। जाडोमा नुहाँउदा जहिले पनि मनततो पानीले नुहाउने र नुहाउनासाथ अलिअलि पानी पुछेर मोस्चराइज लोसनको प्रयोग गर्नुपर्छ।

त्यसो गर्नले शरीरको चिल्लो कम हुन पाउदैन। जाडोमा कपाल रुखो हुने हुँदा हप्ताको एकपटक तेल लगाउनु पर्दछ र छिटो–छिटो कपालमा स्याम्फु प्रयोग गर्नु हुँदैन, धेरै स्याम्फुको प्रयोगले कपाल रुखो हुन्छ।

बच्चाहरुलाई जाडो महिनामा चिलाउने समस्या बढ्न सक्छ। त्यसैले राति सुत्नु अगाडि तेल लगाइ दिनुपर्छ बच्चालाई उनीको लुगाभित्र जहिले पनि सुतीको लुगा लगाइ दिनुपर्छ। त्यसो गर्दा चिलाउने समस्या कम हुन्छ।

From: visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु