दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

भारतवाट नेपालमा पेट्रोलियम पाइपलाइन विस्तारको कार्यमा तिब्रता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १७, शनिबार १२:०८

काठमाडौं। भारतको मोतिहारी देखि नेपालको अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको १९ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएकोे छ। परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९ दशमलव २ किलोमिटर भू–भागमध्ये अब १७ दशमलव २ किलोमिटर पाइप ओछ्याउन बाँकी छ।

तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालयले जनाएको छ। अन्य बाधा अवरोध नभए तीन महिनाभित्र नेपालमा पेट्रोलियम पदार्थ आउनेछ।

बाँकी रहेको भू–भागमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा नौ किलोमिटर, नाला, स–साना पुलपुलेसा, नदी, क्रसिङ सडक, गण्डक क्षेत्रमा पाइपलाइन ओछ्याउन बाँकीे छ भने भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ किमीमध्ये घना बस्ती भएका कारण रक्सौल क्षेत्रमा केही भागमा पाइप ओछ्याउने काम बाँकी रहेको पनि परियोजनाले भनेको छ।

नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि भारत सरकारले रु ३५० करोड भारतीय लगानी गरेको बताइएको छ।

गत चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेपछि यसले तीव्रता पाएको हो ।

From: visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु