आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

एन्सर्ज गुरुङको विश्वमा नेपाली मौलिक कला–संस्कृति चिनाउने बेजोड अभियान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १७ गते, शनिबार १२:१३

काठमाडौं। विश्वको आधाभन्दा देश घुमेर नेपाल र नेपाली कला तथा संस्कृतिको पहिचान र परिचय दिने कार्य अभिनेत्री एन्सर्ज गुरुङवाट भएको छ। नेपाली कला तथा संस्कृतिको उत्थानको लागि एन्सर्ज अहोरात्र लाग्दै आएकी छन्।

विश्व यात्री जस्तै यात्रा गर्न अत्यन्त रुचि राख्ने एन्सर्जले कला र संस्कृतिले ओतप्रोत चलचित्रको अभिनयवाट नेपाल वाहिर हङकङ, बेलायत, जापान, अमेरिका लगायत धेरै मुलुकमा नेपाललाई चिनाउने कार्य भएको छ। विशेष गरेर नेपाली पहिचानको विछट्टै कला–संस्कृतिको बेग्लै पहिचानको गुरुङ संस्कृतिका पहिचान र परम्पराका चलचित्रवाट यस कार्यमा योगदान दिने कार्य एन्सर्जवाट भएको छ।

गुरुङ भाषाका चलचित्र प्हीरुमाला, मनको बाँबरी, म्ले क्यू (बिर्साउने पानी), आमाको मन लगायतका चलचित्रमा एन्सर्जले बेजोड अभिनय गरेकी छन्। फरक कथामा फरक शैलीमा अभिनय गर्न सक्ने स्वभाविक अभिनयकी धनी यिनै अभिनेत्री एन्सर्ज गुरुङ लोपोन्मुख नेपाली जातिका कला र संस्कृतिलाई विश्वसमक्ष उजागर गर्ने अभियानमा रहेकी छन्।

नेपालमा निर्माण भएका र गरेका यस्ता कलात्मक चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने क्रममा विश्व भ्रमण गर्दैआएकी एन्सर्जको सोच नै नेपाल चिनाउने हो। पश्चिम नेपालको स्याङ्जामा जन्मी हुर्केकी एन्सर्जको खुबीलिटी अभिनयको अलावा नृत्य पनि हो। सानैदेखि नृत्य भनेपछि हुरुक्कै बन्दै गजबले भनेजस्तो नृत्य गरेर एन्सर्जले सवैको वाहवाही पाउंदै आएकी छन्।

सवैखाले नृत्य गर्न सक्ने क्षमताको कारण एन्सर्ज सवैको प्रिय अभिनेत्री बनेकी हुन्। त्यसको अलावा मौलिक नेपालीभाका रहेका सालैजो, कौडा, छोरीको बेदना लगायतका तीज गीत र आधुनिक गीत वियोगको म्युजिक भिडियोमा पनि एन्सर्जको अभिनय रहेको छ। यसप्रकारको मौलिक नेपाली कला–संस्कृतिको क्षेत्रमा योगदान दिएवापत गत बर्ष तमुधिं युकेले त्यहाँको नेपाल मेलामा एन्सर्जलाई सम्मान समेत गरेको छ।

हालै जनजाति महासंघ अमेरिकाले पनि त्यहाँको फिल्म फेस्टिबलको अवसरमा जनजाति समुदायको मौलिक संस्कृति र पहिचानलाई अभिबृद्धि गर्न योगदान दिएवापत सम्मान गर्ने कार्य भएको छ। स्नातक तहसम्मको अध्ययन पूरा गरिसकेकी एन्सर्ज सामाजिक सेवामा पनि सक्रिय रहेकी छन्।

समिदा वुमेन डेभलपमेन्ट फोरमको उपाध्यक्ष रहेर दुई बर्षभन्दा बढी एकल महिला तथा बालबालिकाको क्षमता विकास कार्यक्रममा सहयोगी बनेर कार्य गरिसकेकी छन्। यसप्रकारका सामाजिक कार्य बाँचुन्जेल गर्दैजाने प्रतिबद्धता पनि एन्सर्जको रहेको छ।

From: visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु