रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् : अध्यक्ष कोइराला

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १७, शनिबार १८:३८

काठमाडौं, १७ कात्तिक । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले मौजुदा नियमअनुसार नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्शनले नै पाउनुपर्ने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल अब अल्झाएर राख्न नहुने धारणा राखे ।

उनले भने,‘पप्पु एक्लैले प्रस्ताव हालेको होईन, उसले चिनीयाँ कम्पनी मुख्य साझेदार राखेर प्रस्ताव हालेको हो । तर, अहिले पप्पुको नाम अगाडि आएको छ । सार्वजनिक खरिद ऐन र मौजुदा नियमानुसार पप्पुको प्रस्ताव स्विकृत भैसकेको छ । अब उसले नै ठेक्का पाउनुपर्छ । नेपाल राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुलाई दिनुको विकल्प छैन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पप्पुले नै पाउनुपर्छ । कुनै नियम र कानुनले अब उसलाई रोक्दैन् । पप्पु कालोसुचीमा परेको कम्पनी होइन । कालोसुचीमा परेको भए त उ ठेक्का प्रक्रियामा सहभागी नै हुन पाउँदैन थियो ।’


फरक प्रसँगमा उनले निर्माण व्यवसायीहरुको समस्यालाई सरकारले पनि आफ्नो समस्या ठान्नुपर्ने धारणा राखे । उनले भने,‘ठेकेदारहरु २० प्रतिशत खराबी छ भने सरकारको ८० प्रतिशत खराबी छ । सरकारको नियम नै खराब छ। सरकार जवाफदेही बन्नुपर्छ । अहिलेको चलन चल्तीअनुसार सरकार चल्नुपर्छ ।’
मिडिया पप्पुको पछि लाग्नुको कारण आफूले नबुझेको उनले बताए । उनले भने,‘पप्पुले गलत गरेको छ भने कारबाही गर्नुपर्छ । समयमै काम गर्न सक्दैन भने कारबाही गर्नुपर्छ । ?’
राष्ट्र बैंकको भवन निर्माणको यो ठेक्कामा पप्पुले २ अर्ब ६ करोड रुपैयाँ प्रस्ताव हालेको छ भने अच्युत खरेलको समानान्तरले २ अर्ब ८ करोड रुपैयाँको हालेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु