प्रमुख आयुक्त घिमिरेले गाउँगाउँमा काम गर्ने राष्ट्रसेवक कर्मचारीको व्यवहारबाटै सर्वसाधारणमा सरकारप्रतिको विश्वास बढ्ने बताउँदै प्रदेश र स्थानीय सरकार तथा राष्ट्रसेवक कर्मचारी सबैले प्राप्त उपलब्धिको संस्थागत विकास र संरक्षणमा इमान्दारीपूर्वक सक्रिय भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार रु पाँच करोड २८ लाख ४५ हजारको लागतमा उक्त सम्पर्क कार्यालयको प्रशासनिक र सुरक्षा भवनको निर्माण सम्पन्न भएको हो ।