रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

इनास बेल्जियमको फेसन–शोमा इन्टरनेशनल नेपाली फेसन डिजाइनर क्षितिजा शाक्यको तहल्का

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १८, आईतवार ११:०३

काठमाडौं। अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बेल्जियमको आयोजनामा बेल्जियममा भव्य फेसन–शो संपन्न भएको छ। नेपालीहरुको महान पर्व दशैं तथा तिहारको अवसर पारेर इनास बेल्जियमले बेल्जियममा उक्त फेसन–शो संपन्न गरेको हो।

नेपालका नंबरी फेसन डिजाइनर चर्चित नायिका तथा मोडल क्षितिजा शाक्यले डिजाइन गरेका नेपाली ढाकाका पहिरनमा त्यहाँ रहेका एक से एक मोडलहरुले फेसन क्याटवाक गरेर शोजमा तहल्का मच्चाउने कार्य भएको छ।

नेपालवाट क्षितिजा शाक्यको क्षितिजा अपारेलवाट डिजाइन गरेर लगेका विभिन्न पहिरनको विशेष फेसन–शो भएको हो। साथमा डान्स तथा लाइभ म्युजिक शो समेत रहेको फेसन–शो निक्कै आकर्षक शोज बनेको बेल्जियमवाट प्राप्त समाचारमा उल्लेख रहेको छ।

फेसन डिजाइनिङको क्षेत्रमा विगत १५ बर्षदेखि निरन्तर सक्रिय रहदै आएकी क्षितिजा शाक्य इन्टरनेशनल नेपाली फेसन–डिजाइनर समेत बनिसकेकी छन्। क्षितिजाले डिजाइन गरेका एक से एक गजब गजबका नेपाली पहिरनहरुले इन्टरनेशनल मार्केट लिइरहेको छ।

यसैवीच सिंगापुरमा भएको मिसेस इन्टरनेशनल व्युटी पेजेन्टमा समेत क्षितिजाले डिजाइन गरेका पहिरनमा नेपाली प्रतियोगीहरुले क्याटवाक गरेका थिए। नेपाली मौलिक पहिरनलाई फ्युजन गरेर विश्वव्यापी गर्ने अभियानमा यतिखेर क्षितिजा कम्मर कसेर लागेकी छन्।

हालैमात्र काठमाडौंको नरदेवी तथा न्यूरोडवाट व्यवसाय विस्तार गरेर सुन्धरास्थित काठमाडौं मलको चौथो तल्लामा क्षितिजा अपारेल नामक बुटिक संचालनमा ल्याएकी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु