लगातार १ सय २६ घण्टा नृत्य गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ तोड्ने बन्दना नेपालको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते, सोमबार १७:५२

‘कार्यक्रम यही मंसिर ०७ गते बत्तिसपुतलीको बिग फुडल्याण्ड हुने’
काठमाडौं, १९ कात्तिक । नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउने उद्देश्यले धनकुटा महालक्ष्मी नगरपालिका मुर्तिढुङ्गा–९ मा जन्मिएकी १७ वर्षीया बन्दना नेपालले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को लागि १ सय २६ घण्टा लगातार नृत्य गर्ने घोषणा गरेकी छिन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर बन्दनाले १ सय २६ घण्टा लगातार नृत्य गरेर ‘विश्व रेकर्ड’ हाँसिल गर्नको लागि आफु तयार रहेको विश्वास दिलाईन् ।

नेपाली संस्कृति र सभ्यतामाथि पश्चिमा संस्कृतिले आक्रमण गरिरहेको बताउँदै नृत्याङ्गना नेपालले त्यसलाई रोक्नको लागि आफूले ‘कल्चरल’ पोशाकमा उक्त नृत्य गर्न लागेको पनि जनाईन् ।

 

उनले भनिन्,‘म सानैदेखि नृत्यकर्ममा रुचि राख्ने माान्छे हुँ, आजको दिनसम्म म यसै क्षेत्रमा लागिरहेकी छु, हाम्रो सभ्यता र संस्कृतिलाई पश्चिममा संस्कृतिले आक्रमण गरिहरहेको छ, यसलाई हामीले रोक्नुपर्छ, हाम्रो संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ, त्यो कर्तव्य हाम्रै हो, हरेक नेपालीहरुले देशको शीर माथि उठाउने काम गर्नुपर्छ, म आँफैमा ढुक्क छु, तरपनि सम्पूर्ण नेपालीहरुको आशिर्वाद लिएर यस कर्ममा होमिन चाहन्छु र मलाई यो उद्देश्य पूरा गर्नको लागि यहाँहरु सबैको साथ र सहयोगको अपेक्षा पनि गर्न चाहन्छु ।’

विगत १५ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएकी बन्दना हाल नयाँ बानेश्वरमा अवस्थित् चेल्सी ईन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले आफमाू सानैदेखि गीत, संगीत र नृत्यमा विषेश रुची रहेको पनि सुनाईन् । बन्दनाले थपिन्,‘जसको फलस्वरुप मैले विद्यालय तहमा नृत्य सिकें, अहिले नृत्य कक्षा खोलेर बसेकी छु, मैले प्रयास गरेकी छु, म सफल हुन्छु ।’

बन्दनाले भनिन्,‘यूवापुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक तथा दोहोरी गीत एवम् नेपाली लोक संगीतप्रतिको बितृष्णाप्रति मेरो यो प्रयास योग्य सावित हुने आशा लिएकी छु, नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउने र नेपाललाई विश्वमा परिचित गराउने एउटा भगिरगथ प्रयासमा साथ, सहयोग, हौसला र माया गर्नुहुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले नेपाल र नेपाली संस्कृतिलाई विश्वमा चिनाउने बन्दना नेपालको प्रयास सफल भएरै छोड्ने विश्वास व्यक्त गरे ।

 

उनले भने,‘हामीले जुन कामहरु गर्न खोज्छौं त्यो काम सफल भएका छन्, नेपाललाई विश्वमा चिनाउनको लागि १७ वर्षीया बन्दना बहिनीले जुन साहस गर्नुभयो, आँट गर्नुभएको छ यो निक्कै प्रसंशा गर्नलायक छ, सम्पूर्ण नेपालीले बन्दनालाई सफलताको शूभकामना दिनुपर्छ ।’

आगामी मंसिर ७ गतेदेखि १२ गतेसम्म राजधानीको बत्तिसपुतलीस्थित् बिग फुडल्याण्डमा सम्पन्न हुने कार्यक्रममा बन्दना नेपालले पूर्वको मारुनी, नौमती बाजादेखि पश्चिमको देउडा गीतहरुमा समेत नृत्य प्रस्तुत गर्ने छिन् ।

कार्यक्रममा बन्दना नेपालका बुबा राम नेपाल, त्यस्तै समाजसेवी विवेक शर्मा र उक्त कार्यक्रम आयोजनाका सह–संयोजक सन्तोष लामालगायतले शुभकामना दिएका थिए ।

प्रेस विज्ञप्ती

बन्दना नेपालद्वारा लगातार १२६ घण्टा नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउनेसम्बन्धी प्रेस विज्ञप्ती

नेपाली कला, संस्कृति र गीत, संगीतको धनी देश हो । यहाँ सयौँ प्रकारका लोक गीत, लोक संगीत तथा लोकसंस्कृतिहरु रहेका छन् । जसले नेपाल र नेपालीलाई पहिचानदिन सफल छन् । सांस्कृतिक विविधता नेपालको विशेषता पनि हो । यसको संरक्षण र संवद्र्धन गर्दै विश्वसामु पु¥याउनु आजको आवश्यकता हो ।

नेपालको मौलिक संस्कृतिलाई विश्वसामु चिनाउने प्रयास स्वरुप मबन्दना नेपालले लगातार १२६ घण्टा नेपाली लोक नृत्य प्रस्तुत गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमानाम लेखाउने तयारी गरेकि छु । जसका लागि गिनिजबुकले अनुमति पनि दिइसकेको छ । जस अनुसार गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिको समुपस्थितिमा यही मिति२०७५ साल मङ्सीर ७गते शुक्रबार बिहान ७ बजेबाट काठमाडौँको बत्तिस पुतली स्थित बिग फुडल्याण्डमा रेकर्ड राख्ने कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा नेपालका विभिन्न मौलिक पहिरन र भेष भुषामा नृत्य प्रस्तुत गर्नेछु । सो अवसरमा पूर्वको मारुनी, नौमती बाजा देखि सुदुरपश्चिमको देउडा गीत समेतमा नृत्य प्रस्तुत गर्नेछु । सो समारोहलाई देशका विशिष्ट व्यक्तित्वहरुले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नृत्यमा विश्व रेकर्ड राख्ने प्रकृयामा यस अघि भारतको केरलाकी कलामण्डलम हेमलथाले लगातार १ सय २३ घण्टा १५ मिनेट शास्त्रीय संगीतमा नृत्य गरेर विश्वकै सबैभन्दा लामो नृत्यको रेकर्ड राखेकी छिन् । सोही रेकर्डलाई तोड्ने र नयाँ रेकर्ड राख्ने प्रयास स्वरुप नेपाली लोक सांस्कृतिक नृत्यमा मैले तयारी गरेकिहुँ । हालसम्म सांस्कृतिक नृत्यमा विश्वमा कसैले पनि रेकर्ड नराखेकोले मेरो ‘सांस्कृतिक नृत्यमा विश्व कै पहिलो’ रेकर्ड पनिहुनेछ ।

मेरो बारेमा :

म धनकुटा जिल्लाको साविक मूर्तिढुङ्गा गा.वि.स. हालको महालक्ष्मी नगरपालिका वडा नं. ९ मावि.सं. २०५८ सालमा जन्मिएकी हुँ । विगत १५ वर्षदेखि काठमाडौँमा बसोबास गर्दै आएकिछु । महाल चेल्सी इन्टरनेशनलकलेज, नयाँ बानेश्वरमा कक्षा १२ मा अध्ययनरत छु । सानैदेखि गीत, संगीत र नृत्यमामलाई विशेष रुची थियो । जसको फलस्वरुप मैले विद्यालयतहमा नृत्य सिकेँ । २०७३ सालमाशिव कैलाश कलाकेन्द्रबाट १ महिनाको नृत्य प्रशिक्षण लिएकी छुभने भारतको बैङ्गलोरबाट पनि२ महिनाको प्रशिक्षण कक्षा लिएकिछु । हाल म आफ्नै घरमा नृत्य प्रशिक्षण केन्द्र खोलेर अरुलाई नृत्य सिकाइ रहेकिछु । नृत्य प्रतिको सानै उमेरदेखिको लगाव, रुची र मेहनतले मअहिले विश्व रेकर्ड राख्न उत्साहीत भएकीहुँ ।

युवा पुस्तामा विदेशी संस्कृतिको बढ्दो मोह र नेपाली मौलिक लोक गीत तथा लोक संगीत प्रतिको वितृष्णा प्रति मेरो यो प्रयास सराहना योग्य हुनेछ भन्ने अपेक्षा लिइएकी छु । यो प्रयासबाट युवा पुस्तामा नेपाली मौलिक लोक संस्कृति प्रतिको हेर्ने दृष्टिकोणमा केही हदसम्म भएपनि परिवर्तन आओस् भन्ने अपेक्षा गरेकी छु । साथै नेपाली लोकसंस्कृति र लोकनृत्यलाई विश्वमा चिनाउने र नेपाल र नेपालीको नाम विश्वमा पु¥याउने यो प्रयासलाई सबैले साथ र सहयोग दिनु हुनेछ भन्ने अपेक्षा गरेकि छु । धन्यवाद !

बन्दना नेपाल

मोबाइल ः९८८०३५९६५१

इमेलः nepalram2038@gmail.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु