काठमाडौं : अहिले देशमा बोत्तलको पानीको माग बढिरहेको छ । यसको साथमा मिसावट पनि भइरहेको छ । देशका कतियपय पानी उद्योगलाई त मिसावट भएको भनी सिल नै गरिएको छ । यद्यपि ती उद्योगहरु केहि साता वा महिनामा फेरी सञ्चालनमा आएकै हुन्छन् । विश्वको दोश्रो ठुलो जलश्रोतको धनी हाम्रो देशमा पानी पिउनको लागि समेत महंगो रकम खर्चनुपर्ने अवस्था छ ।
एक लिटर पानीको लागतः
फरक–फरक ब्राण्डका पानीको मूल्य फरक–फरक हुन्छ । तैपनि देशका अघिकांश स्थानहरुमा पानीको मूल्य प्रतिबोत्तल २० देखि २५ रुपैयाँमा पाइन्छ । यो धाराको पानीको तुलनामा हजारौँ गुणा महंगो पर्न जान्छ । अर्थशास्त्रीहरुको भनाईअनुसार आधालिटर बोत्तलको पानीको मूल्य दिनभरी खर्च गर्ने पानी यानिकी नुवाउने, लुगा धुने, भाँडा माझ्ने, खाना पकाउने लगायतमा प्रयोग हुने पानीको मूल्यभन्दा पनि महंगो हुन्छ । आखिर कसरी यति महंगो हुन्छ त पानी ?
प्लास्टिकको बोत्तलको मूल्य – १ रुपैयाँ ५० पैसा
पानीको मूल्य – १ रुपैयाँ
पानी प्रशोधन, लेभलिङ लगायतको मूल्य – ३ रुपैयाँ ५० पैसा प्रतिबोत्तल
अतिरिक्त खर्च – १ रुपैयाँ
जम्मा – ७ रुपैयाँ प्रतिबोत्तल
यानिकी जम्मा ७ रुपैयाँको पानीको लागि हामीले २० वा सो भन्दा धेरै तिरिरहेका हुन्छौँ । के यतिधेरै रकम तिरिसकेपछि पनि हामीले पिउने पानी स्वच्छ छ त ? अवश्य पनि छैन । सरकारले यसरी पानी बेच्ने कम्पनीहरुको सहि तरिकाले नियमन र अनुगमन गर्न नसक्दा सर्वसाधरणले अझै पनि महंगो रकममा दुषित पानी पिउँदै आएका छौँ । बोत्तलको पानीको साथमा जारको पानि पनि एकदमै दुषित पाईएको पछिल्लो केहि महिनाको अनुगमनबाट पनि प्रस्ट हुन्छ ।
श्राेतः janasawal.com