सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

काग तिहारमा काठमाडौंको रत्नपार्कमा काग सम्मेलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते, सोमबार १८:३३

काठमाडौं–काग तिहारको अवसर पारेर काठमाडौंको रत्नपार्कमा काग सम्मेलन गरिएको छ । काग तिहारमा  रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर धेरैको संख्याका काग बोलाएर १५ औं काग सम्मेलन आयोजना गरे ।  राष्ट्रिय संगीतकर्मी संघले आयोजना गरेको काग सम्मेलनमा दुलालले कागको स्वर निकालेपछि ३ सयभन्दा बढि कागहरु रत्नपार्कमा जम्मा भएका थिए । ‘कागे’ उपनाम पाएका दुलालले हरेक वर्ष काग तिहारको अवसर पारेर काग सम्मेलन आयोजना गर्दै आएका छन् ।

दुलालले कागबाहेक मुखैले मादल, सनाई, सारंगी, पियानो, ड्रमसेटलगायतका बाजा तथा विभिन्न अन्य चराहरुको पनि आवाज निकाल्ने गर्दछन् ।
तिहारको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइन्छ । कागलाई सूचना संवाहकको स्मरण गर्दै काग तिहारको दिन मिठा कानेकुरा खुवाउने गरिन्छ । कागलाई यमदूतको रुपमा पनि लिने शाष्त्रीय मान्यता रहि आएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु