डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

ह्याक गरिएका ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु बिक्रीमा !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९, सोमबार १८:३४

काठमाडौँ। ह्याकरहरुले ह्याक गरेका कम्तीमा पनि ८१ हजार फेसबुक एकाउन्टका गोप्य मेसेजहरु प्रकाशित गर्ने तयारी गरेका छन् । उक्त ‘अपराधी’हरुले बीबीसी रसियन सर्भिस (बीबीसीआरसी)सँग आफूहरुसँग कुल १ सय २० मिलियन अर्थात् १२ करोड फेसबुक एकाउन्टको डिटेल (सम्पूर्ण कुराहरु) रहेको जानकारी दिँदै त्यस्ता एकाउन्टका गोप्य सन्देश (मेसेज)हरु बिक्री गर्ने प्रयास गरिरहेको बताएका हुन् ।

यद्यपि उक्त तथ्यांकमा भने शंकास्पद रहेको विश्वास गरिएको छ । ह्याकरहरुले मालिसिअस ब्राउजर एक्सटेन्सनद्वारा प्राप्त गरेका हुनसक्ने बताइएको छ । तर फेसबुकले भने आफ्ना प्रयोगकर्ताको सुरक्षामा कुनै पनि ‘कम्प्रमाइज’ नगरिएको दाबी गरेका छन् । कम्पनीले ह्याकरको पहुँचमा अरु एकाउन्टहरु नपुगोस् भनेर थप कदम चालिसकेको दाबी गरेको छ ।

बीबीसीका अनुसार ह्याकरले पहुँच पुर्याएको भनिएका एकाउन्टहरु सबै रसियाली र युक्रेनियनहरुको हुनसक्छ । त्यसमध्ये कतिपय बेलायत, अमेरिका, ब्राजिल र अन्य देशका प्रयोगकर्ता समेत परेको मानिएको छ । ह्याकरहरुले एउटा एकाउन्टको बिक्री मूल्य १० सेन्ट राखेका छन् । तर त्यस्तो अफर गर्ने एकाउन्ट अहिले भने अफलाइन रहेको छ ।

फेसबुकले ब्राउजर निर्मातालाई पनि उक्त मालिसिअस एक्सटेन्सन डाउनलोडका लागि ब्राउजरका स्टोरहरु उपलब्ध हुन नहुने गरी ढुक्क पार्न भनेको कम्पनीका कार्यकारी गाई रोसेनले बताए । त्यस्तै ल इन्फोर्समेन्ट (कानुन कार्यान्वयन गराउने) निकायलाई समेत सम्पर्क गरेको र स्थानीय अधिकारीहरुलाई समेत उक्त चुहावट सूचना समावेश भएका वेबसाइटहरु हटाउन आग्रह गरेको बताएका छन् ।

ह्याकरका गतिविधिबारे पहिलोपटक सेप्टेम्बरमा कुरा बाहिरिएको थियो । एफबीएसएएलईआर नामक प्रयोगकर्ताले इंगलिस ल्यांग्वेज इन्टरनेट फोरममा पोष्ट भएको बताइएको छ । उक्त युजर (प्रयोगकर्ता)ले भनेका छन्, ‘हामी फेसबुक प्रयोगकर्ताका गोप्य सूचना बिक्री गर्छौँ । हाम्रो डाटाबेससँग १ सय २० मिलियन एकाउन्टसम्म पहुँच रहेको छ ।’

साइबर सुरक्षा कम्पनी डिजिटल श्याडोजले बीबीसीको आग्रहमा उक्त दाबी गरिएका एकाउन्टबारे परीक्षण गरेकोमा तीमध्ये कम्तीमा पनि ८१ हजार प्रोफाइलहरु अनलाइनमा पोष्ट भएको पाएको थियो । जसको एउटा उदाहरण समेत बीबीसीले पोष्ट गरेको छ ।

 

 

 

  • उक्त ह्याक भएका डाटाहरुको नमूना

अन्य १ लाख ७६ हजार एकाउन्टहरु समेत अनलाइनमा पोष्ट भएको पाइएको छ । यद्यपि ती कतिपय एकाउन्ट होल्डरले नलुकाई राखेका इमेल र फोन नं.हरु चोरेर पोष्ट गरेको हुनसक्छ । बीबीसी रसियन सर्भिसले पाँच रसियाली फेसबुक प्रयोगकर्तासँग सम्पर्क गर्दा अनलाइनमा पोष्ट भएका गोप्य मेसेजहरु उनीहरुकै भएको पाइएको थियो । जसको एउटा प्रमाणस्वरुप तस्बिर समेत बीबीसीले राखेको छ । त्यस्तै अर्को एउटा च्याट र अर्को एकजनाको ज्वाइँको उजुरी समेत भएको निश्चित भएको थियो । त्यस्ता वेबसाइटहरु जहाँ उक्त डाटा प्रकाशित भएको थियो, त्यसको सेट अप सेन्ट पिटर्सबर्गमा रहेको पाइएको छ । यसको आईपी एड्रेस समेत साइबरक्राइम ट्राकर सर्भिसले फेला पारेको छ । उसका अनुसार उक्त एड्रेस लोकिबोट ट्रोजान फैलाउन प्रयोग गरिएको छ, जसले ह्याकरलाई युजरहरुको पासवर्ड पत्ता लगाउन अनुमति दिन्छ ।

को दोषी ? 
पर्सनल शपिङ असिस्टेन्ट, बुक मार्किङ एप्लिकेसन र साना साना पज्जल गेमहरु सबै धेरै प्रकारका ब्राउजरहरु क्रोम, ओपेरा, फायरफक्सलगायतलाई थर्ड पार्टी एक्सटेन्सनबाट उपलब्ध हुन्छन् । साना संकेतक आइकनहरु हामीले प्रयोग गर्ने यूआरएल एड्रेस बारमा प्रयोगकर्ताले क्लिक गर्नका लागि पर्खिरहेका हुन्छन् । फेसबुकका अनुसार यो एउटा त्यस्तो एक्सटेन्सन थियो, जसले गोप्यरुपमा पीडितहरुको गतिविधि सूक्ष्मतः नियालिरहेको थियो र सोहीमार्फत ह्याकरसम्म युजरका गोप्य मेसेज, सूचनाहरु पुगेको थियो ।

  • उक्त ह्याक भएका मेसेजहरु, जुन पछि वास्तविक नै भएको पाइयो –

यद्यपि फेसबुकले त्यो एक्सटेन्सनबारे खुलाइसकेको भने छैन । यद्यपि फेसबुकले ह्याकरसम्म सोही एक्सटेन्सनबाट सूचना पुगेको विश्वास गरेको छ तर उक्त लिक हुनुमा आफू भने दोषी नरहेको स्पष्ट पारेको छ । तर स्वतन्त्र साइबर सुरक्षाविद्हरुले बीबीसीसँग भनेअनुसार यदि त्यस्ता खराब एक्सटेन्सनहरु नै कारण हुन् भने यसमा ब्राउजरमेकरहरु पनि उत्तिकै दोषी रहन्छन् । फेसबुकले आफू दोषी नरहेको बताए पनि उसको एकाउन्ट ह्याक हुनु भने कम्पनीकै लागि पनि राम्रो होइन ।

फेसबुकका लागि पछिल्लो समय निकै चुनौतीपूर्ण बनिरहेको छ । खासगरी डाटा सुरक्षालाई लिएर युरोप र अमेरिकामा व्यापक रुपमा प्रश्न खडा भएका छन् । बीबीसी रसियन सर्भिसले इमेलमार्फत ह्याक भएका एड्रेसहरु समेत बीबीसी न्युजलाई पठाएको छ । त्यस्तै बीबीसीले ह्याकरले दाबी गरेका तथ्यहरु गत सेप्टेम्बरमा स्क्यान्डल मच्चिएका क्याम्ब्रिज एनालिटिकाजस्तै भएको वा नभएकोबारे उक्त सूचना बिक्री गर्ने विज्ञापनकर्तासँग सोध्दा जोन स्मिथ नामका कसैले रिप्लाई गरेको समाचारमा जनाइएको छ । स्मिथले उक्त सूचनाहरु उक्त डाटा लिकसँग कुनै सरोकार नराख्ने प्रतिक्रिया दिएको बताइएको छ । उनले दाबी गरेअनुसार उनीहरुको ह्याकिंग समूहले १ सय २० मिलियन प्रयोगकर्ताको सूचना समेत अफर गर्ने क्षमता राख्छ । ती सबै २.७ मिलियन रसियालीमध्येका हुन् । तर डिजिटल श्याडोजले भने ह्याकरहरुको उक्त दाबी आफैँमा शंकास्पद रहेको विश्वास गरेको छ । त्यस्तै उनले आफूहरुको सम्बन्ध क्रेमलिनसँग सम्बन्धित इन्टरनेट रिसर्च एजेन्सी वा रसियासँग नभएको पनि स्पष्ट पारेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु