ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

रास्ट्रका लागि शान्ति” भन्ने मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा शुभकामना आदन प्रदान तथा चियापान ,खुला विचार गोष्ठिका कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९, सोमबार १८:५८

ललितपुर १९ कातिक । “रास्ट्रका लागि शान्ति “मुल नारा सहित स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले तिहार, छठ लगायतका राष्ट्रिय पर्वको अवसर पारेर सोमबार स्वर्गीय राजा बीरेन्द्रको सालिक जावलाखेलमा शुभकामना आदन प्रदान तथा चियापान ,खुला विचार गोष्ठिका कार्यक्रम डा .के.बि.रोकाय को प्रमुख आतिथ्य मा सम्पन्न भएको छ। प्रतिष्ठानले स्वर्गीय राजा बीरेन्द्र शान्ति क्षेत्र घोषणाका अभियन्ता, प्रवद्र्धक र बहुआयमिक व्यक्ति भएकाले उहाँको सम्झनाका का साथै चाडपर्व अवसरमा खुला विचार गोष्ठिका साथै शुभकामना आयोजना गरिएको जनाएको छ। कार्यक्रममा प्रतिष्ठनका अध्यक्ष शिवहरी खनालले स्व.राजा बीरेन्द्र सबै नेपालीको साझा र भावनात्मक राजा भएकाले उनको स्मरणमा चियापान , विभिन्न कार्यक्रम गरि मनाईएको बताए ।

उनले स्वर्गीय राजा बीरेन्द्र शान्ति क्षेत्र घोषणाका प्रबर्धक र अभियन्ता भएकाले नेपालको शान्ति क्षेत्र घोषणामा उनको ठूलो योगदान का साथै नेपाललाई शान्ति क्षेत्र घोषणा गर्नको लागि संयुक्त राष्ट्रसंघको सभामा प्रस्ताव गरेको र ११६ राष्ट्रले समेत यसमा हस्ताक्षर गरी सकेको बताउँदै त्यसमा छिमेकी मुलुक भारतले यसलाई अस्विकार गरेकाले आज यो अभिनायमा नै सिमित हुनु परेको बताए । कार्यक्रममा प्रतिष्ठानका प्र.उपाध्यक्ष बल बहादुर बस्याल स्वर्गीय राज बीरेन्द्र शान्तिका अभियन्ताका साथै बहुआयमिक व्यक्ति भएको बताउँदै नेपाली जनताको लागि उनले गरेको योगदानलाई बिर्सन नहुने बताए । कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष बिनोद प्रसाद आचार्य, कोषाध्यक्ष मधुकर शम्शेर जवरा,सल्लाहकार राजमान शाक्य , तिलक बहादुर केसी ,नेरेन्द मान श्रेष्ठ ,हरि भत्त श्रेष्ठ ,दुर्गा बहादुर श्रेष्ठ ,ईन्द्र बहादुर शाक्य ,मोहनदाश शाक्य ,बलराम गोतम,राम कृष्ण हाडा लगायतका पदाधिकारीहरुले स्वर्गीय राजा बीरेन्द्रको बारेमा आ–आफ्नो धारणा राखेका थिए । उहाँको २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्डमा परि स्वर्गारोहण भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु