माइती ईन्डिया को पहलमा ४०नेपालीको उद्वार नाम सहित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १९ गते, सोमबार १९:१४

काठमाडौं । भारतको नयाँ दिल्लीमा बेचिन लागेका ४० जना नेपाली महिलाको उद्धार गरी माइती इण्डियाले नेपाल फिर्ता पठाउँदै छ । भारतको नयाँ दिल्लीमा बेचिन लागेका नेपाली महिलालाई माइती इण्डियाका संस्थापक बालकृष्ण पाण्डेको पहलमा उद्धार गरिएको हो । भारतको नयाँ दिल्लीस्थित जीबी रोडबाट ३ जना र गाजियाबादका विभिन्न तीन स्थानमा बन्दी बनाई राखिएको अवस्थामा ३७ जना महिलाको उद्धार गरिएको हो । अदालतको कानूनी प्रक्रिया पूरा गरी भारतको गाजियावादस्थित मुुख्य न्यायिक मेजिस्ट्रेटले पीडित महिलालाई परिवार र कानूनी सहयोगका लागि माइती इण्डियालाई जिम्मा दिएको छ । गाजियावादका मुख्य न्यायाधीशको आदेशमा ३ जना दलाललाई कानूनी प्रक्रिया अगाडि बढाई जेल चलान गरिएको छ । नेपाल र दुबईमा रहेका दलालको पनि खोजी जारी छ । यसरी माइती इण्डियाको पहलमा नेपाल दूतावास, गाजियावादको प्रहरी, नेपाल भारतीय सुरक्षा निकाय र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको सक्रियतामा ४० जना महिला नयाँ दिल्लीबाट नेपालगञ्ज सीमा हुँदै नेपाल आउँदै छन् ।

को हुन उद्धारकर्ता बालकृष्ण ?

नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डेले महिला तथा बालबालीकाको क्षेत्रमा भारतमा बसेर लामो समयदेखी काम गर्दे आएका छन् ।अझ भनौँ ३ दसक देखि भारतका बिभिन्न ठाउँमा नेपाली चेली तथा बालबालीका र मजदुरको अवस्थाको बारेमा धेरै लेख , जानकारी बटुलेका उनले महिलाको अबस्था,बोर्डर तथा प्रवासिहरुको समस्याका बारेमा लेख्दैँ गए ।

जसको कारण उनी वि. पि .कोइरालाले खोलेको जनसम्पर्क समितीको राष्ट्रिय अध्यक्ष सेवाकै भवानाले भए । लामो समयदेखी भारतमा बस्दै आएका बालकृष्ण पाण्डेले भारतको दुतावासमा रहेका कुटनीतिक साथिहरुको सुझावमा नेपालको माईती नेपाल जस्तै भारतमा पनि संगठन खोल्न आग्रह तथा सहयोग हुन्छ भन्ने सुझावको साथ माइती नेपाल , नेपाल सरकार, परराष्ट मन्त्रालय संग समन्वय गरेर आज भन्दा १०वर्ष पहिले स्थापना भएको माईती इण्डियाको स्थापना गरेर संस्थापक अध्यक्ष समेत रहेका बालकृष्ण पाण्डेले धेरै नेपाली बेलीबेटी तथा बालबालीकाको उघारको काम गरीसकेका छन् । लगभग ४६ वर्षदेखि हराएका उनका दाजुको अवस्था थाहा नपाउँदा आफ्नो घर परिवारमा परेको त्यो पिडा सम्झदा उनलाई आफुले उद्धार गरेर ल्याएका बालबालीकाको परिवारमा त्यस्तै पिडा नहोस् भन्ने उनको चाहाना छ , नेपालको सिआइबि,पुलिस हेडक्वाटर, इन्टरपोल, परराष्ट मन्त्रालय, गृह मन्त्रालय, महिला बालबालीका तथा जेष्ठ नागरीक मन्त्रालय तथा भारत दुतावाससंग समन्वय गरेर महिला तथा बालबालीकाको क्षेत्रमा ठूलो काम गर्दे आएका छन् माइती इण्डीयालाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीहरूलयको सुचिमा महिला तथा बालबालीकाको क्षेत्रमा कामगर्ने बिदेशमा एक मात्र संस्था भनेको माइती इण्डिया मात्र हो ३० भन्दा बढी बालबालीकाहरूलाई एकै ठाउँमा कोचेर राखेको र नापतौल गरेर खाना ख्वाउने जेल भन्दा कम नभएको ठाउँबाट उद्धार गरेको उनले बताए ३ दसक देखि भारतमा बसेर महिला तथा बालबालीकाको क्षेत्रमा काम गदै आएका पाण्डेले भारतमा रहेका बिभिन्न संघसंस्था, दिल्ली पुलीस, नेपाली दुतावास लगाएतको सहयोगमा बच्चा फेला पारेको बताए ।

भारतमा बिभिन्न ठाउँमा रहेका यी बालबालीकालाई देखेपछि केन्द्रिय बालकल्याणलाई निवेदन गर्दा कुनै सुनुवाई तथा पहल नभएपछि मन्त्रालयबाट सहयोग र समन्वय गरेपछि महिला बालबालीका तथा जेष्ठनागरीक मन्त्रालयले परराष्ट,परराष्टले दुतावास र दुतावासले बालकल्याण समितीलाई पत्राचार गर्यो , पुलीस प्रसाशनलाई पत्र लेख्दै जब उनी भएका कागजात लीएर गए उनको वारेन्टिमा नेपाल सरकारको सम्बन्धित निकायमा जिम्मा लाउँछौँ र भर्पाइ सहित ल्याउने र बच्चालाई सक्दो शिक्षा, स्वास्थ्य, खेलकुद, लगाएत ब्यवस्था गरेर भबिष्यमा पुन भारत आउन नपर्ने उदेश्य सहित मन्त्रालयको मानव वेचविखन तथा नियन्त्रण शाखा प्रमुख उप सचिव रोस्नि कार्कीलाईलाई बालबालीका हस्तान्तरण गरेको बताए ।उनले भने आजको यो समयमा आधारभ्रत आवश्यकता र शिक्षा तथा खेलकुदबाट बन्चित भएर बालबालीका सिमा पार हुदाँ उनलाई धेरै दुख लागेको छ . सामान्य कुरा प्राप्त नहुँदा साना बच्चाहरु जोखिममा पर्ने भएकाले यसको बारेमा गहन रुपमा बिचार गर्न र उचित कदम चाल्न पहल होस् भन्नको लागि बच्चाह? लीएर आफै मन्त्रालय सम्म आएको उनको भनाई छ । उनले भने बच्चाहरुको परिवार सम्म पुर्नरमिलन गराई उज्जल भबिष्यको लागी कामना गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु