चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २१, बुधबार १९:०९

काठमाडौँ: बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ ।
बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक जानकारी दिनुभयो । तिहार र छठ पर्वपछि आयोगको टोली बर्दिया जाने तयारी गरेको छ । माघसम्म आयोगले सबै उजुरीको विस्तृत अध्ययन गर्ने योजनाका साथ काम गरेको छ ।

विस्तृत अध्ययनका क्रममा आयोगले उजुरीकर्ता, बेपत्ता व्यक्तिको आफन्त, व्यक्ति बेपत्ता पारिनुपूर्वको सूचना, पीडितसँग बकपत्र (को, कहिले, कहाँबाट, कसरी, कसले बेपत्ता पारेको) अध्ययन गरी परिपूरणका फाराम समेत भराउने काम गर्छ । आयोगमा गत साउन २६ गतेसम्म तीन हजार १९७ उजूरी परेको थियो । उजूरीमा अनुसन्धान गरी आयोगले दुई हजार ५१२ उजूरीमा विस्तृत अध्ययन अगाडि बढाएको छ ।

चार सदस्यीय विज्ञ टोली 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले विस्तृत अध्ययनका क्रममा आवश्यक परामर्शका लिनका लागि चार जनाको विज्ञ समूह गठन गरेको छ । विज्ञ समूहमा कानून र न्याय सेवाका पूर्वकर्मचारी छन् । पूर्वसहसचिव कुमोदप्रसाद शर्मा, चन्द्रबहादुर सापकोटा, पूर्वशाखा अधिकृत केदारप्रसाद पोखरेल र कानून मन्त्रालयका कर्मचारी मुकुन्दप्रसाद अधिकारी विज्ञमा हुनुहुन्छ । डा पाठकका अनुसार विज्ञको समूहसँग आयोगले आवश्यक परेको समयमा परामर्श लिनेछ ।

तीन महीना बाँकी 

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम गर्नका लागि तीन महीना मात्र बाँकी छ । आगामी माघ २७ गते आयोगको समय सकिँदैछ । आयोगले तोकिएको समयभन्दा अगाडि विस्तृत अध्ययन सकेर पीडितसँग सुनुवाइ काम गर्ने तयारी गरेको छ तर आयोगले निर्धारित समयभित्र काम सक्ने देखिँदैन ।

सरकारले द्वन्द्वकालीन बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्नका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग २०७१ माघ २७ गते दुई वर्षका लागि गठन गरेको थियो । हालसम्म आयोगको तीन पटकसम्म म्याद थप भइसकेको छ ।

थपिएको समय पनि तीन महीना मात्र बाँकी छ । आयोगले २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ गतेसम्म बेपत्ता पारिएका व्यक्तिको मात्र उजूरी लिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु