प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

केपी ओलीको विकल्प खोज्नेबारे अहिले सोच्नै सकिन्न : माधव नेपाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २१, बुधबार १९:३७

‘ओलीजीसँग भीजन छ, देश बनाउने संकल्प गर्नुभएको छ, अब देश बन्छ’
‘प्रधानमन्त्री आरामबाट फर्केपछि गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लाग्छ’
काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने,‘अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक–पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ । मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस् । यदि कमिकमजोरीहरु भएका छन् भनेपनि सुधार गरेर जानुपर्छ ।’

 

भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुनेपनि उनको दाबी छ । क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको पत्रकाहरुको देउसी टोलीसँग कुरा गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले भने,‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ । यो सरकारसँग भीजन छ । संकल्प छ । यसले आफ्ना प्राथमिकताहरु निर्धारण गरेको छ । भएका साधन र स्रोतको उपयोग कसरी गर्ने भन्नेपनि प्रधानमन्त्रीजीसँग स्पष्ट सोच छ ।’

उनले प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई पनि त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । उनले भने,‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ । आफ्नो पार्टीका गतिविधिहरुलाई निरिक्षण गर्नुपर्छ । अनुगमन गर्नुपर्छ । सरकारको कामपनि अनुगमन गर्नुपर्छ । निर्माण व्यवसायीहरुले काम गरिरहेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्छ । राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ ।’

अब देशमा विकास कसरी हुन्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘विकास अहिले देशको आवश्यकत्ता हो । विकास देशको उन्नति र प्रगतिको लागि आवश्यक छ । राजनीतिक क्रान्ति भैसकेपछि अब विकासको लागि सम्पूर्ण ध्यान आर्थिक क्रान्ति, सामाजिक, साँस्कृतिक आर्थिक रुपान्तरणप्रति छ । सरकारले आफ्नो काम त्यहीअनुसार गरिरहेको छ ।’

विकास भनेको समष्टिगत विकास पनि भएको बताउँदै उनले भने,‘विकास र समृद्धिको लागि दुई वटा पूर्वाधारमा ध्यान दिनुपर्छ । एउटा मानवस्रोत । हामीले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अनि, दोस्रो भनेको भौतिक पूर्वाधार हो । बाटाघाटाहरु, विजुली चाहिन्छ । यो बीचमा अनेकन काममा सरकार जुट्नुपरेको थियो । विम्स्टेकजस्ता क्षेत्रिय फोरममा हामी जुट्यौं । संयुक्त राष्ट्रसंघमा उपस्थिति जनाऔं । अब विकास तथा निर्माणका कामहरु द्रुत गतिमा अघि बढ्छन् ।’

गाउँदेखि केन्द्रसम्म एकतामा अन्यौलता देखिएको छ नि ? भनेर धमलाले तेर्साएको अर्को प्रश्नमा उनले भने,‘यही महिनामा एकता सम्पन्न गर्ने योजना थियो । तर, प्रधानमन्त्रीजी विरामी हुनुभयो । उहाँ स्वस्थ भएर आएपछि सबै कुरा टुँगो लाग्छ । गाउँदेखि केन्द्रसम्मको एकता टुँगो लगाउँछौं । जनवर्गीय संगठनको एकतापनि टुँगो लगाउनुपर्छ ।’

स्थायी समिति बैठक बस्न नसक्नुमा पनि प्रधानमन्त्रीको अस्वस्थता नै कारण रहेको उनको स्पष्टोक्ति थियो । उनले भने,‘सचिवालय र स्थायी समिति बैठक बस्ने योजना थियो । तर, उहाँ (प्रम) एक्कासी विरामी हुनुभयो, अब उहाँ आराम गरेर फिट भएर आएपछि बैठक बस्छ ।’

 

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु