प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कांग्रेस एक हुन्छ, पार्टीभित्र कुनै समस्या छैन् : सभापति देउवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २२, बिहीबार १८:३६

काठमाडौं, २२ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट पारेका छन् ।

बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बुढानिलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने,‘अब कांग्रेस एक हुन्छ । पार्टीभित्र यतिवेला कुनै समस्या छैन् ।’

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग कुरा गर्दै उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्नेपनि दाबी गरे । उनले भने,‘मंसिर २८ गतेदेखि महासमिति बैठक बस्छ, अब बैठक सर्दैन् । हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेपनि उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु