दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग छैन : वनमन्त्री बस्नेत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २२ गते, बिहीबार १८:३८

‘निजगढ विमानस्थल बन्ने आधार भएपछिमात्रै रुख कटानको अनुमति दिन्छु’
काठमाडौं, २२ कात्तिक । वनमन्त्री शक्ति बहादुर बस्नेतले विकास गर्दा वातावरणीय पर्यावरणलाई पनि ध्यानमा राखिने बताएका छन् । उनले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधार बनेपछिमात्रै रुख कटानको अनुमति दिने पनि स्पष्ट पारे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन् । बस्नेतले विमानस्थल मुलुकको आवश्यकता भएपनि कमभन्दा कम वातावरणीय क्षतिमा निर्माण सक्नुपर्ने बताएका हुन् ।

क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको टोलीसँग कुरा गर्दै उनले भने,‘वातावरण र विकासबीचको सन्तुलन मिलाएर मात्रै अगाडि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण छ ।’ रुख काटेर पैसा कमाउने मनस्थिति यो सरकारसँग नभएको पनि उनले स्पष्ट पारे ।

 

मन्त्री बस्नेतले ‘हरियो बन, नेपालको धन’ भन्ने नारालाई सार्थकता तुल्याउनेगरि आफूले काम गरिरहेको पनि विश्वास दिलाए । उनले भने,‘हाम्रो देश भुगोल र जनसंख्याको दृष्टिकोणले मझौला खालको देश हो । तर, प्राकृतिक साधान र स्रोत, र जैविक विविधताको दृष्टिकोणले धनि छ । हामीले विगतमा बनलाई सेवा क्षेत्रको रुपमा लियौं । तर, हामीले अहिले उत्पादनशील क्षेत्रमा बदल्नेगरि काम गरिरहेका छौं ।’

नेपालका निकुञ्जहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनेगरि काम भैरहेको पनि उनले विश्वास दिलाए । उनले भने,‘समग्र सबै क्षेत्रबाट काम भैरहेको छ ।’

उनले सरकार गठन भएको भर्खरै ७ महिना पूरा भएर यता आएको बताउँदै यो छोटो अवधिमै सरकारको समिक्षा गर्ने बेला नभएको पनि जिकिर गरे । ‘साँढे ३ सय कानुनहरु निर्माण गर्यौं । हामीले धेरै कामहरु गर्नुपर्नेछ । तर, अहिले नै मुल्यांकन गर्ने बेला भएको छैन । आवश्यक कामहरु भैरहेको छ । अब देखिनेगरि काम हुन्छन् ।’–उनले थपे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु