दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इजरायलबाट शरिन तामाङ्गले गरिन रौतहटको आगलगी पीडितलाई सहयोग ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २४ गते, शनिबार २०:५४

रौतहट, २३ कार्तिक ।रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दिपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण नष्ट भएको छ ।
सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ बर्ष देखि इजरायलमा बैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले गरिन आगलगी पीडित बिगु ठाकुर, सिकिन्द्र ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरलाई खाद्यान्न सामाग्री र कपडा सहयोग गरिन ।

पीडित परिवारलाई समाजसेवी तामाङ्गले चामल ५० के.जी, आलु ५ के.जी, दाल १ के.जी, मस्यौरा २ के.जी, नमक १ के.जी, खानेतेल १ के.जी, चिउरा ५ के.जी र ब्लैकेट १ थान सहयोग गर्नुभएकी छिन ।
सो राहत सामाग्री रिपोटर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइन निर्देशक÷प्रबन्धक युवा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा आज सहयोग वितरण गरियो ।

सो वितरण कार्याक्रममा पूर्व गाविस अध्यक्ष जगदिश पटेल, राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव, युवा नेता ओमलोक पटेल,संघीय समाजवादी फोरम नेपालका नेता अरबिन्द कुमार यादव, शिक्षक रामसेवक प्र.जयसवाल, रामनारायण पटेल, सशस्त्र बेस क्याम्प सरमुजवाका प्रहरी सहायक नायब निरीक्षक, मोतिपुर नरकटिया चौकीका हवल्दार लगायत स्थानीयहरको उपस्तिथिमा राहत सामाग्री वितरण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु