कस्तो सौम्य सुभाष चल्मल हुँदै घन्कीरहेको ध्वनी तावाको घिउमा जसै सुरसिलो पाकिरहेको फिनी घुमेको अनि सेल ताई भरिको फन्को बनी फन्फनी आएको छ तिहार फेरी मनको उल्लास लि सन्ससनी पाक्यो ताउलीमा मिठो र मसिनो यो चाढको भोजन खाई स्वाद लिदै सवै सग सगै आनन्दको यो क्षण देउसी भैली यतै जमेछ जगमा गुञ्चिरहेको पर किसोरी सजिएर रम्झम हुँदै भैली भनि घर घर हास्दै गीत मिठासपूर्ण मुजुरा घन्काउदै नाच्दछन आफ्नै आँगनमा परिहरु सवै भैली भनि गाउँछन यै सौन्दर्य छटा कता छ र अरु यो ठाउँ छाडिकन पाईदैन कतै मिठास युगको नेपालीको यो मन यौटा राष्ट्रछ धर्तिको मधुरिमा नेपालमा सल्वल सारा सुन्दरता भरि छ यसको आधारको मञ्जिल पंक्षि काग र कुक्कुरै र धरणी गाई पूँजिन्छन जहाँ गोरु पर्वत प्राणतुल्य धरणी आराध्य बन्छिन यहाँ यस्तो मार्मिक धर्तिको छ पहिलो प्राणै सरीको कुना फुल्छन लालि गुँरास कल्कल हुँदै हुर्किरहेको मुना डाँफे छम्छम नाचि छर्छ रमिता नौरंगको झल्मल हिमाली शिर टोपि झैछ सवको संसारको यो झुल पाखा पर्वत कुञ्ज फाँट छहरा झर्नाहरु कल्कल मेचि कोसी र गण्डकी सलसली काली बगेकी तल फाँटै टम्म सुवर्ण झुल्छ रमिता ती धान बाला बनि मेरी प्रकृति पूर्ण छन् हरघडी सम्पन्नताकी धनि यस्तो स्वर्ग समान धर्ति परको होला र अर्को पनि आफै कुञ्ज निकुञ्ज घन्किरहने चराहरुको ध्वनि पाईदैन कतै सुरम्य दिलको यो सान दोश्रो पर आउँ स्वर्ग बनाउ यै धरतीमा फर्केर आउ घर
बाबाधामको सोसेली
२४ कार्तिक २०७५