दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१७ जनाको ज्यान लिने चितुवा खोरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २५ गते, आईतवार १५:०४

बुटवल,अर्घाखाँचीमा गत पाँच वर्षमा दुई दर्जन बालबालिकामाथि आक्रमण गरिसकेको र १७ जनाको ज्यान लिइसकेको चितुवा शनिवार भने स्थानीयले बनाएको खोरमा आफै पसेको छ । केहि दिनअघि मात्र जिल्लाको भुमिकास्थान नगरपालिका–९ ढिकुरा प्यालेका मदन घिमिरेका ४ वर्षीय छोरा आर्यनको  नरभक्षी चितुवाको आक्रमणबाट ज्यान गएको थियो । तत्पश्चात स्थानियले चितुवाहरु मार्न स्थानियले प्रशासनसँग माग गरेका थिए ।  प्रशासनले जिवितै जालमा पार्न अनुमति दिए अनुसार चितुवाको प्रभाव भएका तीन स्थानमा खोर बनाई राखिएको थियो । खोरमा चितुवा फँसेपछि यतिबेला स्थानीयले राहतको श्वास फेरेका छन् । खोरमा फँसेको उक्त चितुवा नरभक्षी हो कि होइन भनेर परिक्षण गर्न जिल्ला वन डिभिजन कार्यालयमा ल्याईएको त्यहाँका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए । चितुवाको आक्रमण बढ्दै जाँदा बालबालिकाहरु स्कुल जान समेत डराउन थालेका छन् । अर्घाखाँचीको सन्धीखर्क, किमडाँडा, अर्घा, खाँचीकोट, ढिकुरा  र नुवाकोट लगायतको जंगलमा चितुवाले बढी आतंक मच्चाउँदै आएको छ । बाघ वा चितुवालाई  फसाउनका लागि बाघखोरभित्र एउटा सानो पाठा पाठी राखेर जालमा पार्ने नेपालमा सदियौँदेखिको चलनरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु