रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

ओली सरकार असफल भए सिँगो राष्ट्र नै असफल हुन्छ : रायमाझी (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २५, आईतवार १७:३६

‘सरकारको गति अब रकेटको स्पीडमा हुन्छ’
काठमाडौं, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन् । उनले भने,‘सरकारले अब गति लिन्छ । यसमा कुनै शंका छैन् । वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन् ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने,‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।’

 

क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा उनले वर्तमान सरकारले काम गर्न सकेन, असफल भयो, अब अर्के गठबन्धनको सरकार बनाउनुपर्छ, काठमाडौं उपत्यकाका खाल्डाखुल्डीहरु पुर्नसमेत सकेको छैन भनेर चर्चा तथा परिचर्चा भैरहेको सुनाए ।

उनले थपे,‘यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन् । सरकारको कामको बारेमा आंशिक समिक्षा गर्न सकिन्छ, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले होईन् । सरकार गठन भएको एक वर्षपनि पुगेको छैन् । यो सरकारसामू ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ । र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ।’

सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे । रायमाझीले भने,‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन् । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन् । सरकारलाई जागरुक गर्नुपर्ने, उठाउनुपर्ने विषय अझै जोडतोडका साथ उठाउनुपर्छ । प्रतिपक्षीको भूमिका अझै पुगेको छैन भन्ने मेरो ठम्याई छ।’

मुलुक यतिवेला एउटा युगबाट अर्को युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने,‘हामी नयाँ युगमा प्रवेश गरेका छौं । तर, हाम्रो सोच र चिन्तन भने अझैपनि पूरानै छ । विकास र समृद्धिप्रति हाम्रो सोच अब परिवर्तनशील हुनुपर्छ । पूरानै सोच, चिन्तन र शैलीबाट विकास र समृद्धि हुँदैन् । अब हामी रुपान्तरण हुनुपर्छ ।’ विश्वका कुनैपनि देश रातारात समृद्ध नभएको सुनाउँदै उनले मुलुकको समृद्धिको लागि सबैले एक साथ आफ्ना कदमहरु अघि बढाउनुपर्ने धारणा राखे ।

खाल्डाखुल्डीहरु त यो सरकार आउनुभन्दा पहिलापनि भएको उनले जिकिर गरे । उनले भने,‘यसअघिका सरकारको पालामा पनि खाल्डाखुल्डीहरु थिए । अब खाल्डाखुल्डीहरु क्रमशः पुर्ने काम अघि बढ्छ । एक वर्षभित्र सबै खाल्डाखुल्डीहरु पुरिन्छन् । ५ वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ । उनले भने,‘सडक सञ्जालमात्रै होईन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ ।’

फरक प्रसँगमा उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने पनि विश्वास दिलाए । उनले भने,‘पार्टी मुख्य कुरा विचार र नीतिले चलाउनुपर्छ । नेता केन्द्रित हुनुहुँदैन् । नेकपामा मात्रै होईन, सबै पार्टी नीति र विचारले चल्नुपर्छ ।’ उनले छठपछि जनवर्गीय र पेशागत संगठनहरुको एकता सम्पन्न हुने दाबी गरे । तर, पोलिटव्यूरो, प्रदेशस्तरीय र जिल्ला तहमा भने केही समय लाग्ने उनले जनाए ।

अहिले राष्ट्रिय सहमतिको सरकारको चर्चा गर्नु नै गलत भएको उनको तर्क छ । उनले भने,‘प्रतिपक्षी दलले समेत राष्ट्रिय सहमतिको सरकार अस्विकार गरेको अवस्थामा कहाँबाट आयो यो कुरा ? यो सरकारलाई सफल बनाउनुपर्छ । यसको विकल्प छैन् । दुई तिहाईको सरकारले मुलुकमा विकास र समृद्धि दिन्छ । यदि यो सरकार असफल भयो भने सिँगो राष्ट्र नै असफल हुन्छ । यो सरकारसँग हामीपनि जोडिएका छौं । हामी मन्त्री भएपनि नभएपनि सरकारलाई सफल बनाउनुपर्छ । यो प्रणालीलाई बचाउनुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु