रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

सरकारलाई दिएको समर्थन समाप्त भैसक्यो, अब जुनसुकै बेला समर्थन फिर्ता लिएको सानो सूचना दिन्छौं : मनिष सुमन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २५, आईतवार १७:३९

काठमाडौं, २५ कात्तिक ।  राष्ट्रिय जनता पार्टीका महामन्त्री एवम् प्रदेश सभा सदस्य मनिष सुमनले यो सरकार संघीयताविरोधी रहेको आरोप लगाएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकार पूर्ण रुपमा असफल भैसकेको बताए । उनले भने,‘अहिलेसम्म अन्तरप्रदेश परिषदको बैठक बस्न सकेको छैन् । मुख्यमन्त्रीहरु एक ठाउँमा भेला भएर चिया पिउनुभयो भने केन्द्र सरकारको कुर्सी हल्लिन्छ ।’

संघीय कानुन बनाउनुपर्ने बेलामा केन्द्र सरकारले नेपाल प्रहरीलाई निर्देशानात्मक आदेश दिएको भन्दै उनले सरकारको कडा विरोध गरे । ‘यो देशको कर्मचारीतन्त्र संघीयताविरोधी छ’–सुमनले भने,‘अहिले २ नम्बर प्रदेशलाई २५ सय कर्मचारी चाहिएको छ । तर, अहिलेसम्म तीन सयपनि कर्मचारी पुगेका छैनन् । यसो गर्नु भनेको केन्द्र सरकारको प्रदेश सरकारलाई विफल पार्ने कुत्सित मनशाय हो ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन नाघिसक्दापनि सरकारले हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न नसकेको भन्दै उनले सरकारको असफलता सुनाए । उनले भने,‘यत्रो दुई तिहाई बुहमतको सरकारको नेतृत्व गर्नुभएको प्रधानमन्त्रीले यसरी निरिहता प्रकट गर्नुहुँदैन् । रारा तालको हावा खाएरमात्रै देश चल्दैन् ।’

आफूहरुले सरकारलाई दिएको समर्थन समाप्त भैसकेकोजस्तै भएको बताउँदै अब बस्ने पार्टीको जुनसुकै बैठकले समर्थन फिर्ता लिएको सानो सूचना दिने पनि उनले जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु