तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

चिसोबाट बच्नको लागि उपयोगी हेल्थ टिप्स् (सन्तोष बजगाई)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २६, सोमबार ११:२९

चिसो मौसमा कस्ता रोगहरु लाग्छन् र त्यसबाट बच्न के–के गर्नुपर्दछ त ?

काठमाण्डौं÷जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी, श्वासप्रश्वास तथा छातीमा समस्या, आँखामा आँसु आउने, स्वर बस्ने तथा रुघाखोकी लाग्नेजस्ता रोगले मानिसमा सजिलै आक्रमण गर्ने गर्दछन् । यो अवधिमा मौसम शुष्क हुने हुँदा धुलो अत्याधिक उढ्ने भएकाले रोगले बढी आक्रमण गर्ने गरेको चिकित्सकहरु बताउँछन् ।

यस्तै शीतलहर, हुस्सु, कुहिरो र चिसो हावा पनि रोगहरु निम्त्याउने कारण हुन् । जाडो मौसममा रुघाखोकीका कारण नाक बन्द हुने, टाउको दुख्ने, पटकपटक हाछिउँ आइरहने, खोकी लाग्ने, गला खराब हुने, तथा ज्वरो आउने गर्दछ । रोग फैलिनुको प्रमुख कारण, वातावरणमा उत्पन्न भाइरस हो, जुन एक–दोस्रोमा श्वासप्रश्वास र हाछिउँ गर्दा वा खोक्दा निस्किने सिंगान र थुकको छिटाबाट फैलने र सर्नेगर्छ ।
यसलाई चिकित्सकको भाषामा रेस्पिरिटरी इन्फेक्शन भाइरस भनिन्छ, जो जाडोको मौसममा ज्यादा फैलिन्छ । यो बेलामा सकभर चिसो नलागोस् भनेर ध्यान पु¥र्याउन जरुरी रहेको चिकित्सकहरुको भनाइ छ । मौसम ख्याल गरेर शरीरमा तापक्रम बढाउने किसिमका खाना खाने तथा न्यानो कपडा लगाउनाले पनि चिसोबाट लाग्ने रोगबाट बच्न सकिन्छ ।

चिसो मौसममा तुलसी, अदुवा र महको प्रयोगले रुघाखोकी नियन्त्रणमा सघाउ पुर्याउँछ । त्यसका अलावा चिकित्सकहरु चिसो याममा तातो तरल पदार्थ जस्तै सुप, दलिया, खिचडी र रेसादार साग–सब्जी भरपुर मात्रामा खान सल्लाह दिन्छन् । चिसोमा ज्वरो र रुघाका सानातिना बिरामीलाई पनि कैयौंपटक चिकित्सकले औषधि लेखेरदिन्छन् । यसले रोग त छिट्टै निको हुन्छ, तर शरीरलाई हानी पु¥र्याउँछ । यसबाट हुने नोक्सानीबाट जोगिन प्रोबायोटिक्सको ठूलो भूमिका हुन्छ ।

मानिसको उमेर बढेसंगै शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि स्वतः घट्छ । जसका कारण चिसो मौसममा बृद्धबृद्धामा बढी स्वास्थ्यसम्बन्धी समस्या देखा पर्नेगर्छ । यसबाट जोगिन धेरै कुरामा ध्यान दिनुपर्छ । भरसक चिसोबाट बच्नुपर्छ । त्यसका अलावा नियमित रुपमा सुन्तला, स्याउआदि फलफूल खानुपर्छ । यसमा रहेको एन्टी अक्सिडेन्ट तत्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । नियमित खानामा सुप समावेश गर्ने राम्रो हुने चिकित्सकको सल्लाह छ । यस्तै चिसो मौसमको असर बृद्धबृद्धापछि बालबालिकामा बच्चालाई पर्छ । यो मौसममा बृद्धबृद्धालाई दम र बाथले बढी सताउँछ भने बालबालिकालाई निमोनिया र रुघाखोकीजस्ता रोगले दुख दिने गरेको पाइन्छ । जाडो मौसममा रोग फैलाउने भाइरसबाट जोगिन अनावश्यक रुपमा मुखमा हात राख्नुहुँदैन त्यस्तै नाक र आँखा मिच्नुहुँदैन ।

दिनमा ४–५ पटक साबुनपानीले हात धुनुपर्छ । जाडोमा दैनिक कम्तीमा १० देखि १२ ग्लास पानी पिउनुपर्छ । यसका अतिरिक्त जुस, लस्सी, दूध आदि प्रशस्त पिउनु लाभदायक मानिन्छ । चिया र कफी भने कमै पिउनु राम्रो हुन्छ । चिसोबाट बच्न मद्यपान र धुम्रपान गर्नु हुँदैन । यसले मानव स्वास्थ्यमा नकारात्मक असरपार्छ ।

–स्वास्थ्यकर्मीहरुको सहयोगमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु