-सन्तोष बजगाई
काठमाण्डौं–गृहमन्त्रिमा रामबहादुर थापा नियूक्त भएसंगै सरकारले सिन्डिकेट अर्थात यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने घोषणा गरेको छ । अहिले यातायात क्षेत्रमा रहेको एकाधिकार छैन भनेर प्रचार गरिएको छ । तर यो एकाधिकार पुर्ण रुपमा अन्त्य भने भएको छैन, हुन सकेको छैन । यातायात क्षेत्रमा राजनितिक आडका कारण नागरिकले अझै राहात महसुस गर्न नसकेको तितो यर्थाथलाई नर्कान सकिदैन ।
नुवाकोट जिल्लास्थित बेलकोटगढि नगरपालिका २०७३ सालमा घोषणा भएसंगै विकासको गतिले तिव्रता लियो । तर विकासको नाम दिएर नगरले कयौं विनासपनि ननिम्ताएको भने होईन । तरपनि जनताले त्यसलाई सकारात्मक रुपमै लिए । विनास विना विकास सम्भव छैन भन्ने कुरा सुईकार गरिरहे ।
विकासकै रुपमा त्यस क्षेत्रमा पासाङ ल्हामु यातायात समितीले दैनीक एउटा बस जाने आउने व्यवस्था मिलायो यसलाई जनताले भव्यताका साथ स्वागत गरे । काठमाण्डौबाट त्रिशुली जान भन्दा निकै बढि भाडा तितेरै जनताले उक्त विकास कार्यलाई सहयोग गरे । तर समितिले सेवाको नाममा जनतालाई सास्ती बाहेक अरु केहि दिन सकेन । यसमा न नगरले चासो राख्यो न त स्थानियले बोल्ने आँट गरे ।
पछिल्लो समय चाडवाडलाई केन्द्रित गरेर दशैं तिहारमा घर जाँदा आउँदा म आफैले यातायात समितीले गरेको अमानविय व्यबहार भोग्नु परेको छ । काठमाण्डौमा माछापोखरीमा र दिपक होटल नाम दिएर गंगाहल नजिकै दुई ठाउँबाट टिकट काट्ने र एउटै सिटमा तिन जनासम्मको टिकट काटेर जनतालाई बसमा जवरजस्ती जोखिपुर्ण यात्रा गर्न बाध्य बनाइएको छ । र त्यसको सिकार म आफैपनि भएको छु चाडबाडमा धेरै यस्तो अनिमियता हुने गरेको पाईयो ।
काठमाण्डौंबाट बाघखोरसम्मको भाडा २ सय ७५ रुपैंया लिने गरेको छ । ताकी काठमाण्डौंबाट त्रिशुलीको भाडादरपनि २ सय ७५ छैन, बाघखोर त्रिशुली भन्दा निकै नजिकको रुट हो । चर्को भाडा त्यसमाथि अव्यवस्थीत टिकट र बाटोपनि उतिकै जोखिमपुर्ण छ । जति भाडालिएपनि चुपचाप लागेर यात्रा गर्नु सर्बसाधारणको लागि बाध्यता बनेको छ ।
टिकट काटेर सुरक्षीत यात्रागर्न पाउनु नारिकको अधिकार हो । नागरिकलाई सेवा दिने नाममा पैसा मात्र कमाउने उद्देश्य राखि व्यवसायी र टिकट काउन्टरले नागरिकलाई सेवा भन्दा बढि सास्ती दिईरहेको छ । एउटै सिटमा २÷३ जनाको टिकट काटेपछि न त त्यहाँ ति सबै जना मिलेर बस्न सक्ने अवस्था रहन्छ न त यात्रा नगरौं भने अर्को विकल्प नै छ । “किन यसरी डवल टिकट काटेको” भनेर चालक तथा सहचालकसंग कुरा गर्दा “हामीलाई थाहा छैन काउन्टरमा भन्नु” भन्ने जवाफ आउँछ र काउन्टरमा गुनासो गर्दा “मिलेर जानु नभए नजानु” भन्दै धम्मीपुर्ण रुपमा थर्काउछन् र नागरिकलाई छतमा तथा बसभित्र उभिएर यात्रा गर्न बाध्य बनाउँछन् । टिकट काटेर सिटमा बस्न पाउने अधिकार हुँदा हुँदैपनि छतमा राखेर यात्रा गर्न बाध्य पार्ने समिती र टिकट काउन्टरले के साच्चै नागरिकको लागि सेवा प्रवाह नै गरेका हुन् त ?
टिकटपनि आफ्ना मान्छे चिनेका मान्छेलाई सजिलै दिने तर पहुँच र पावर नहुनेले भनेको दिन भन्ने वितिकै नपाउने पाएपनि लास्टमा मात्र पाउने गरेको देखिएको छ । यस विषयमा बुझ्न खोज्दा “हैन” भनेर आफ्नो बचाउ काउन्टरहरुले गर्ने गरेका छन् । क्षमताभन्दा धेरै यात्रु हुनु, स–साना नानीबाबुहरुपनि उभिएर यात्रा गर्नुपर्ने अवस्थाले भविष्यमा थप जोखिम बढाउनेमा दुईमत छैन ।
छतभरि मान्छे राखेर भित्रपनि अटाई नअटाई यात्रुहरु राखेर काठमाण्डौ देखि बाघखोर यात्रा दिनदिनै चलिरहेकै छ । “किन यसरी क्षमताभन्दा धेरै यात्रु राखेको” भन्दा “मन नभए नचढ्नु बोलाएर ल्याएको हो र” भन्छन् बसका स्टाफहरु । काठमाण्डौबाट बाघखोर जाँदा रानीवन, तिनपिप्ले, ककनी आदि ठाउँमा पुलिसको चेकपोष्ट छ त्यस क्षेत्रमा आईपुग्न लागेपछि छतका यात्रुलाई बसभित्रै अटाई नअटाई राखेर पोष्ट पार गरिन्छ अनि अलिपर पुगेर फेरी माथि नै चढ्नुपर्ने हुन्छ । छतको यात्रा अत्यन्तै जोखिमपुर्ण हुने कहिले भित्ताको ढुङ्गामा त कहिले रुखका हाँगामा ठोक्कीने र घाउचोट लाग्ने तथा छतबाट भुईमा झर्ने सम्भावना अत्यन्तै हुन्छ । बाटो त्यस्तै असुरक्षीत छ । जता ततैको पहिरो, हिलो, खाल्डाखुल्डीमा त्यसरी जोखिपुर्ण यात्रा गर्न जनतालाई कहिलेसम्म बाध्य बनाउने ? यस विषयमा राज्यको ध्यान कहिले जाने ? आम नागरिकहरुको चासो र चिन्ताको विषय बनेको छ ।
जनतालाई सेवा दिने उद्देश्यले नै उक्त बस सञ्चालन भएको हो भने सोहि अनुरुप सेवा प्रवाह हुनु जरुरी छ । कमाउने उद्देश्यलेमात्र बस सञ्चालन हुने हो भने नागरिकले नै हामीलाई विकास आवश्यक छैन भन्दै बसमाथि तोडफोड गर्ने दिन नआओस् । यस विषयमा सम्बन्धित निकाएले गम्भिरताका साथ चासो दिन जरुरी छ ।
सन्तोष बजगाई
बेलकोटगढी नगरपालिका–९, नुवाकोट ।
iamsantoshbajagain@gmail.com