रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

काठमाडौंबाटै कतारी भिसाको तयारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २७, मंगलवार ०८:३३

काठमाडौं–कतारमा काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ  । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ । कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ  । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ ।
आवश्यक कागजात पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले प्रस्ट पारेको छ  । नियुक्तिका क्रममा कामदारबाट शुल्क असुल्ने परिपाटी रोक्न यो कदम चालेको कतार सरकारको भनाइ छ  । आप्रवासी कामदारसँग नियुक्तिका सिलसिलामा कुनै शुल्क लिन नहुने अन्तर्रा्ष्ट्रिय श्रम संगठनको नियममा आफ्नो मुलुक प्रतिबद्ध रहेको कतारको भनाइ छ । कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहे पनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुलिरहेको र त्यसलाई रोक्न भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले मंगलबार सञ्चारकर्मीसँग बताए  । ‘भिसा सेन्टर खुलेपछि कामदारलाई निकै सजिलो हुन्छ,’ उनले भने ।
भिसा सेन्टरका फाइदा
– आजाद भिसाका नाममा हुने ठगी रोकिने
– पारिवारिक भिसाको कागजात प्रमाणीकरण
– भिसा सम्बन्धी अन्य प्रक्रिया यतैबाट हुने
– २४ घन्टामा भिसा प्राप्त हुने
– भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने
भिसा सेन्टर खुले पनि भिसा भने कतारबाटै जारी हुनेछ  । भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाट हुन्छ  । काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारीका लागि आएको कतारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सरोकारवाला निकायसँग समेत भेट गरेको छ  । मन्त्री विष्टले भिसा सेन्टर खोल्नुअघि दुई देशबीच श्रम समझदारीको पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको मन्त्रालय स्रोतले बतायो । कतारी प्रतिनिधिमण्डलले भने कामदारलाई सहज होस् भनेरै काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको भन्दै श्रम समझदारीसँग यसको सम्बन्ध नभएको बताएका छन् ।

नेपालले कतार जाने कामदारको न्यूनतम पारिश्रमिक नौ सय र खानाको तीन सय रियाल हुनुपर्ने निर्णय गरेको छ  । कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक सात सय रियाल तोकेको छ  । कतारी राजदूत हेल भने सबै आप्रवासीलाई आफ्नो मुलुकले एउटै व्यवहार गरेको दाबी गर्छन् । नेपाली अधिकारीले कामदारको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम हुनुपर्ने विषय कतारी प्रतिनिधिमण्डलसामू उठाएको मन्त्रालय स्रोतले जनाएको छ  । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका विषयमा निर्णय नभए पनि काठमाडौंमा चाँडै भिसा सेन्टर खुल्ने प्रतिनिधिमण्डलका सदस्यले बताए  । डिसेम्बर सुरुतिरै भिसा सेन्टर खोल्ने कतारको योजना छ  । यसका लागि सिंगापुरमा दर्ता भएको बियोमट कम्पनीले जिम्मा पाएको छ ।

कतार सरकारले यसका लागि काठमाडौको महाराजगन्ज चक्रपथ स्थित सेलवेज बिल्डिङ्गको दोस्रो तेस्रो र चौथो तल्लामा आफ्नो सर्भिस सेन्टर स्थापना गर्ने भएको छ । जसको बिधिवत उद्घाटनमा २५ नोभेम्बर २०१८ मा हुने बताइएको छ । सो भवनमा १८ वटा मेडिकल काउन्टर र १० वटा फिङ्गर प्रिन्ट काउन्टर तथा सम्झौता पत्र बुझ्ने काउन्टर स्थापना हुनेछन । यस नयाँ पद्धतिले गर्दा अब बिदेशमा स्वास्थ्य परिक्षणमा अनुत्तीर्ण भएर फर्कने र ठुलो धनराशि खेर जाने समस्या नितान्त रुपमा खारेज जस्तै हुनेछ । बिगतमा कतारमा रहेर कुनै मुद्दा मामिला वा कुनै कानुनी समस्या भएर फिङ्गर प्रिन्ट क्लिएर नहुने र अकामा आवासीय भिसा नलाग्ने र स्वदेस फर्किनु पर्ने समस्याको पनि अन्त्य हुनेछ ।

राजदूत हेलले कतारले नेपालसहित आठवटा स्रोत मुलुकमा २० वटा भिसा सेन्टर स्थापना गर्न लागेको बताए  । ‘कतारले दुई महिनाअघि श्रीलंकामा भिसा सेन्टर खोलिसकेको छ,’ उनले भने, ‘अब त्यही प्रक्रिया नेपालमा सुरु गर्न थालेका हौं  ।’ भिसा सेन्टरले कामदारलाई भिसा दिने र स्वास्थ्य परीक्षण गर्ने बताइएको छ । राजदूत हेलले भिसा प्रक्रिया काठमाडौंमा सुरु हुँदा कामदारले एक रुपैयाँ शुल्क तिर्नु नपर्ने बताए  । ‘रोजगारीमा जानुअघि लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्नेछन्,’ हेलले भने ।
कतार नेपाली युवाका लागि दोस्रो गन्तव्य हो  । सन् २०२२ मा विश्वकप आयोजना गर्न गइरहेको कतारमा यतिखेर श्रमिकको अधिक माग छ । स्रोत मुलुकमै सहजीकरण गर्न सके कामदार आपूर्ति सहज हुने कतारको अपेक्षा छ  । कतिपय युरोपियन र छिमेकी मुलुकले समेत कतारमा कामदारको अवस्था सन्तोषजनक नभएको आरोप लगाइरहेका बेला कतार सरकार कामदारमैत्री वातावरण सिर्जना गर्ने प्रयासमा रहेको देखिन्छ  । काठमाडौंमा भिसा सेन्टर स्थापना हुँदा कतारले कालो सूचीमा राखेका व्यक्तिले प्रवेश पाउने छैनन्  । कतार बस्नका लागि परिचयपत्र उपलब्ध गराउनसमेत सहज हुनेछ ।

अहिलेसम्म काठमाडौंस्थित कतारी राजदूतावासले कतारमा मर्ने नेपालीका परिवारले शव झिकाउन र क्षतिपूर्तिका लागि पूरा गर्नुपर्ने कागजी प्रक्रिया लगायतमा सहयोग गर्दै आएको छ  । त्यसैगरी, कतारमा कार्यरत नेपाली बिदामा आएको बेला कतारी परिचयपत्र र राहदानी हराएको खण्डमा उनीहरूको कागजात बनाउने काममा पनि दूतावासले सहयोग गर्छ । हस्तलिखित र मेसिन रिडेबल राहदानीमा जन्ममिति फरक परेर आउने समस्या समाधानको काम पनि यहीँबाटै हुन्थ्यो । नेपाली निकासीकर्ताको कागजी प्रक्रियामा पनि दूतावासले सहयोग गर्दै आएको थियो ।

यता मेडिकल र मेनपावर व्यवसायीले भने पुनः कतारको वैदेशिक रोजगारीमा सिण्डिकेट हुन खोजेको भन्दै विरोध जनाएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले यसबारेमा आफुलाई कुनै आधिकारिक जानकारी नभएको बताए । यता नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले भने स्वासथ्य परीक्षण्मा सिण्डिकेट भए कडा आन्दोलनमा उत्रिने बताए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु