केही दिनयता बजारमा प्रदिप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको वारेमा चर्चा शुरु भएको छ । प्रदिप र साम्राज्ञी एउटै फिल्ममा रहने सक्ने या नसक्ने हल्ला सहितको चर्चा शुरु भईरहेको बेला निर्देशक हेमराज बिसीले उक्त हल्लालाई साम्य बनाइएको समाचार बाहिरिएका छन् । हेमराज बिसीले यी दुईलाई लिएर फिल्म बनाउने तयारी थालेका छन् ।
यसको लागि हेमराज बिसीले प्रदिप खड्कासँग कन्फर्म साईन गरेका छन् भने नायिका साम्राज्ञीसँग साईन गर्न बाँकी रहेको छ । साम्राज्ञीले यो बर्षको लागि दुई वटा फिल्म गर्ने भएकी छिन् । पुनम गौतमले निर्माण गर्न लागेकी अनटाईटल फिल्म एउटा हो भन्ने अर्कोको वारेमा जानकारी गराएकी छैनन् । साम्रज्ञीले हेमराज बिसीको फिल्ममा साईन भने गरेकी छैनन् । यो कुरालाई निर्देशक स्वयमले पुष्टि गरेका छन् । निर्देशक हेमराज बिसीले प्रदिपसँग साईन भएको बताएका हुन् ।
उनका अनुसार यो उनको अर्को बर्षको प्रोजेक्ट हो । जसको लागि निकै समय बाँकी छ । नायिका को वारेमा सोच्ने समय अझै बाँकी रहेकोले केही निर्णय नगरेको उनले फिल्मी फण्डालाई बताएका छन् । संभवत साम्राज्ञीको हेमराज बिसीसँग चाँडै नै औपचारिक छलफल हुनसक्ने अनुमान छ ।
तर साम्राज्ञी अब नवल नेपाल निर्देशित फिल्ममा व्यस्त रहने पनि बुझिएको छ । हेमराज बिसीको फिल्ममा साम्रज्ञी रहन सक्ने अवस्था भने अहिलेको लागि ५०/५० प्रतिशतको आँकडा मात्र रहेको बुझिएको छ । के साँचै प्रदिप र साम्राज्ञीले अर्को बर्ष स्क्रिन सेयर गर्लान् त ? त्यसको लागि भने केही समय कुर्नैपर्ने हुन्छ । स्मरण रहोस् सुवास गिरीले निर्माण गर्ने भनिएको फिल्म भैरबीमा पनि प्रदिप र साम्राज्ञी रहने भन्ने समाचार हल्ला मात्र भएको थियो ।
फिल्मी फण्डाबाट