यो रेकर्ड संगै अब भने नेपाली फिल्मले स्वदेशमा मात्र नभई बिदेशमा पनि आफ्नो प्रभाव बढाएको छ । फिल्ममा दिपाश्री निरौलाको निर्देशन, दिपराज गिरीको कथा, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमक श्रेष्ठको संवाद, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द, र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।
फिल्ममा निर्माताका रुपमा सुमन गिरी भन्जा, किरण केसी, शिवहरी पौडेल, पुरुषोतम प्रधान, तारा चन्द्र बजगाई, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् भने यस्तै कार्यकारी निर्मातामा जितु नेपाल र केदार घिमिरे रहेका छन् । फिल्ममा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरी पौडेल, शिशिर राणा, शिशिर बाग्देल, शारदा गिरी, प्रियंका कार्की, दिपीका प्रसाँइ, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।