डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

नक्कली सुन दिएर ४० लाख ठग्ने ६ जना पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २७, मंगलवार १२:२९

काठमाडौं–एक किलो नक्कली सुन दिएर  ४० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धापासी च्यासीडोल बस्ने धरान–१७, सुनसरीका २५ वर्षीय पवन विक, पेप्सीकोला–३५ बस्ने जनकपुर ९ धनुषाका ३५ वर्षीय मनिष ढुङ्गाना, काडाँघारी बस्ने हरिवन–९ सर्लाहीका २५ वर्षीय बिवेक भन्ने धनेश्वर कुमार दनुवार रहेका छन् । यस्तै म्हैपी बस्ने लालबन्दी–१९ सर्लाहीका का २६ वर्षीय रोहित मगर भन्ने पूर्णबहादुर पुलामी, बौद्ध बस्ने राजारानी–६ धनकुटाका २५ वर्षीया सलिना शेर्पा भन्ने संगीता राई र बौद्ध वेशीगाउँ बस्ने विरुवागुठी(१ पर्साका २९ वर्षीय सन्तोष कुमार लामा पनि पक्राउ परेका हुन् ।
यो समूहले १६ कात्तिक १६ मा नक्कली सुनलाई सक्कली सुन हो भनी ठगी गरेको भन्दै केन्द्रीय अनुसन्धान व्युरोमा उजुरी परेको थियो । उजुरी आएपछि ठगीमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउमध्ये पूर्णबहादुर पुलामीबाट १५ लाख रूपैयाँ र संगिता राईबाट ७ लाख रूपैयाँसमेत प्रहरीले बरामद गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु