डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

श्रम तथा रोजगारसम्बन्धी कोलम्बो प्रोसेस वैठक कार्तिक २९ र ३० गते काठमाडौंमा हुँदैं

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २७, मंगलवार १२:३०

काठमाडौं– कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय वैठक र मन्त्रीस्तरीय परामर्श वैठकको आयोजना काठमाडौमा हुँदैछ । यही कार्तिक २९ र ३० गते नेपालसहित १२ मुलुकहरुको सहभागिता रहने उक्त कार्यक्रमलाई भव्यताकासाथ सम्पन्न गर्न आवश्यक तयारी कार्यहरु पुरा गरिएको श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तराष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रम  का विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने गरेका छन् । कोलम्बो प्रोसेसका १२ सदस्य राष्ट्रहरुमा  अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन् ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवद्र्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त  नयाँ गन्तव्य बजारको खोजी,  विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी  एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ । हाल नेपाल यसको अध्यक्ष ( छ र २९ मार्च २०१७ देखि यसको अध्यक्षता गरिरहेको छ ।

मन्त्रिस्तरीय वैठक कोलम्बो प्रोसेसको सर्वोच्च निकाय हो । अध्यक्षताको दुई वर्षे अवधिमा बस्ने मन्त्रीस्तरीय वैठकमा सहभागी देशका मन्त्रीहरुद्वारा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिशहरु र कार्य योजनाहरु उपर विचार विमर्श गर्ने गरिएको छ । यस्तो वैठकमा सदस्य मुलुकहरूले अघिल्लो वैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमहरूको पहिचान समेत गर्ने गरिन्छ । कोलम्बो प्रोसेसको स्वीकृत सञ्चालन प्रकृया अनुरुप अध्यक्षता गरिरहेको मुलुकले मन्त्रीस्तरीय र उच्च अधिकारी (सचिव) स्तरीय वैठकको आयोजना गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा आगामी कार्तिक २९ र ३० गते उच्च अधिकारी स्तरीय एवं मन्त्रीस्तरीय वैठकको आयोजना गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

सोल्टी क्राउन प्लाजामा कार्तिक ३० गते हुने मन्त्रीस्तरीय परामर्श वैठकको उद्घाटन प्रधानमन्त्री केपी. शर्मा ओलीबाट हुनेगरी तय भएको छ भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले मन्त्रीस्तरीय वैठकको अध्यक्षता गर्नेछन । उच्च अधिकारी स्तरीय वैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालले गर्नेछन । कार्तिक २९ गते हुने उच्च अधिकारी स्तरीय वैठकले ३० गते हुने मन्त्रीस्तरीय वैठकको लागि कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ र सोही आधारमा मन्त्रीस्तरीय वैठकले आवश्यक निर्णयहरु लिने जनाइएको छ । वैठकमा न्यिदब िऋयmउबअत यल क्बाभ, इचमभचथि बलम च्भनगबिच ःष्नचबतष्यल ९न्ऋः० र ऋययिmदय एचयअभकक बीचको अन्तरसम्बन्ध र न्ऋः कार्यान्वयनको सन्दर्भमा विश्वव्यापी, क्षेत्रीय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय तथा न्ऋः को कार्यान्वयनको क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हासिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने कार्यक्रम पनि रहेको छ ।

दुवै वैठकहरुमा सदस्य मुलुकका मन्त्रीहरु र उच्च अधिकारीहरुको सहभागिता हुनेछ । यसैगरी आप्रवासनसँग सम्बद्ध एक दर्जन जति संस्थाहरुका पर्यवेक्षक प्रतिनिधिहरुको पनि काठमाण्डौ वैठकमा सहभागिता हुने छ । उक्त वैठकमा काठमाण्डौ घोषणापत्र जारी भई मन्त्रीस्तरीय परामर्श वैठकको समापन हुने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को समन्वयमा उक्त कार्यक्रम आयोजना गर्दैछ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु