विभिन्न मुद्दामा संंलग्न भई फैसला कुरेका र अन्य मुद्दामा म्याद थप गरी हिरासतभित्र रहेको अभियुक्तलाई भित्र बसिरहँदा मनमा अनेक प्रकारका कुरा र पट्यार नलागोस् भन्ने उद्देश्यले हिरासतमा टिभी राखिदिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभएको हो ।
“हिरासतमा रहेका सबै अपराधी नै हुन्छन् भन्ने छैन । अनुसन्धानको लागि हिरासतमा राखेर प्रक्रिया अगाडि बढाउनुपर्ने छ पछि अदालतको फैसलाअनुसार निर्दोषी छुट्ने र पीडक कारवाहीको लागि कारागार चलान हुने गरेको छ”, उहाँले बताउनुभयो ।