प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

१५ लाखकी दुई नायिका साम्राज्ञी र पुजा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २९, बिहीबार ०९:२८

नेपालमा पछिल्लो समय कलाकारहरुको पारिश्रमिक बढिरहेको अवस्था छ । फिल्ममा एउटा नायकले १ लाख देखी ४० लाख सम्म लिएको समाचारहरु बाहिरिएका छन् । औसतमा २० लाख भन्दा बढि पारिश्रमिक लिने नायकमा अनमोल केसी र प्रदिप खड्का रहेका छन् भने नायकलाई पछ्याउँदै नायिकाहरु प्नि महँगिन थालेकी छिन् ।

 

हालै नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नयाँ फिल्मको लागि १५ लाख पारिश्रमिक सहित अनुबन्धित भएकी छिन् भने नायिका पुजा शर्माले पनि साम्राज्ञीलाई पछ्याउँदै फिल्म सम्हालिन्छ कहिले मनमा १५ लाख पारिश्रमिक लिएकी छिन् । साम्राज्ञीले फिल्म ड्रिम्सदेखी सबै फिल्म सफल बनाएकी छिन् । उनको अभिनय रहेको फिल्म तिमीसँग औसत फिल्म हो । यस्तै नायिका पुजा शर्माले शुरुमा औसत फिल्म अझैपनि र मधुमास गरेकी थिईन् भने प्रेम गीत देखी रामकहानी सम्म सफल फिल्म दिएकी छिन् ।

 

नेपाली फिल्म क्षेत्रमा कुनै एक समय नायकको भन्दा पाँच गुणा कम पारिश्रमिक नायिकालाई दिने परम्परा नै थियो । तर अहिले नायककै जति पारिश्रमिक नायिकाहरुले लिन थालेकी छिन् । आफ्नो प्रतिभा प्रस्तुत गरेर महँगो पारश्रमिक लिनु कलाकार र प्राविधिकको अधिकार पनि हो । तर त्यहि अनुसारको फिल्म र फिल्म बजार छ कि छैन भन्ने दोश्रो पक्षलाई पनि ख्याल गर्नु पर्ने हुन्छ ।

 

अन्यथा कलाकार र प्राविधिकको पारिश्रमिक बढ्ने फिल्म बजार लगातार घट्ने अवस्थाको सिर्जना हुनसक्छ । जे होस् पछिल्लो समय साम्राज्ञी र पुजाले नायक बराबरकै पारिश्रमिक लिएर सबैलाई चकित बनाएकी छिन् ।

फिल्मी फण्डाबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु