पहिलो पटक १ अर्ब भ्यू बनाउन सफल गङनम स्टाइलका गायक पिएसवाई सँगै कोरियाको पपुलर ग्रुप बिएपी, एस एफ नाईन, एओए, बेरी गुड, मोमोल्यान्ड, बड्किज लगायतका ग्रुप नेपाल आउने भएको हो ।
नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ बर्ष पुगेको अवसरमा कोरियाली राजदुतावासले आयोजना गर्न लागेको यस कार्यक्रमको लागि यी ग्रुप नेपाल आउन लागेको हो।