दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टीके प्रथाबाट दास जन्माउन पाइँदैन: नेविसंघ महामन्त्री काफ्ले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक २९ गते, बिहीबार १७:४३
काठमाडौं । नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले निकटको समूहले संगठनको १२ औं महाधिवेशनका लागि वातावरण निर्माण गर्न माउ पार्टी नेपाली कांग्रेसको नेतृत्वसँग माग गरेको छ । सोमबार दिउँसो वाल्मिकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर महामन्त्री काफ्ले निकट समूहले आफ्नो आवाज कुल्चिएर अगाडि बढे त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी पार्टी नेतृत्वले लिने चेतावनीसमेत दिएको छ ।
पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेले भने, ‘‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत् दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्न चाहन्छौं ।’’ टीके प्रथाले आम विद्यार्थी र संगठनको भलो गर्न नसक्ने भन्दै उनले टीका लगाएर नेतृत्व चयन गरिए आन्तरिक लोकतन्त्र संस्थागत गर्नका लागि जस्तोसुकै आन्दोलनमा होमिन तयार रहेको बताए ।
काफ्ले समूहले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न आन्तरिक आन्दोलनको तयारीमा रहेको पनि स्पष्ट पारेको छ । ‘‘हामीले उमेरहदको बारेमा केही बोलेका छैनौं । विधिवत् महाधिवेशन चाहेका हौं । महाधिवेशन सुनिश्चित नभएसम्म हामी आन्तरिक संघर्ष गर्न तयार छौं,’’ महामन्त्री काफ्लेले भने ।
उनले ११औं महाधिवेशनबाट निर्वाचित भएको अहिलेको कार्यसमितिको म्याद कम्तिमा पनि दुई महिना थप गरिए आफूहरु १२ महाधिवेशन गर्न तयार रहेको दाबी गरे । पत्रकार सम्मेलनमा महामन्त्री काफ्लेका साथमा उपाध्यक्ष राम प्रसाद अधिकारी,डील्ली राम सुवेदी,सहमहामन्त्री माधब ढकाल ,केन्द्रिय सदस्य सुशील भट्ट लगायतका केन्द्रिय नेताहरूको उपस्थिति रहेको विद्यार्थी नेता निरन्जन थापाले जानकारी दीनुभयो ।११ औं महाधिवेशनबाट निर्वाचित वर्तमान कार्यसमितिको वैधानिक म्याद गत भदौ २ गते समाप्त भएको थियो ।
तर, पार्टीले महाधिवेशन सम्पन्न गर्ने गरी नैनसिंह महर नेतृत्वको म्याद ३ महिनाका लागि थप गरेको थियो । नेविसंघको वर्तमान कार्यसमितिको म्याद मंसिर २ गते सकिँदैछ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु