रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

माधव कुमार नेपाल लण्डनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ३०, शुक्रबार १८:२६

लण्डन। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता माधव कुमार नेपाल लण्डन आइपुगेका छन्। नेता नेपाल वेलायतस्थित नेपालीहरुको सबै भन्दा पुरानो संस्था यती नेपाली एशोसिएसनको आयोजनामा लण्डनमा हुने विशेष कार्यक्रममा सहभागी हुन बेलायत आएका हुन्।

नेपालको दुर्गमका बालबालिकाको स्वस्थ्य र शिक्षामा सहयोग गर्ने उदेश्यले आयोजना हुने सो च्यारिटी कार्यक्रममा सहभागी हुन् गायक हेमन्त मोक्तान, हांस्य कलाकार मनोज गजुरेल र मोडल मरिस्का पोखरेलसमेत विहीबार साँझ लण्डन आइपुगेका छन्।

यती नेपाली एशोसिएसन युकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक उमेश मोक्तानका अनुसार नेता नेपालले शनिबार ग्रीनफोर्ड टाउनहलमा हुने च्यारिटी कार्यक्रमलाई सम्बोधन गर्ने छन्।नेता नेपाल विमानस्थल आइपुग्दा वेलायतका लागि नेपाली राजदूत डा.दुर्गा बहादुर क्षेत्री, प्रवासी नेपाली मञ्चका निर्वतमान अध्यक्ष रामशरण सिमखडा, कार्यक्रम संयोजक तथा यती नेपाली एशोसियसन युकेका पूर्वअध्यक्ष उमेश मोक्तान, गैरआवासीय नेपाली संघ युकेका पदाधिकारी लगायतले संयुक्त रुपमा स्वागत गरेका थिए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु