दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खाली पेटमा मनतातो पानी पिउँदा फाइदै फाइदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ३० गते, शुक्रबार १८:३२

काठमाडौं। पानी विनाको जीवन कल्पना पनि गर्न सकिदैन। जहाँ पानी त्यहाँ जिन्दगानी भन्ने भनाई नै रहेको छ। अझ स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक छ। यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढी हुन्छ। आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ।

यदि हामीले दैनिक एक गिलास मनतातो पानी पिउछौ भने, त्यसले पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ ।भारतको जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा.गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ। यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ।्

दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदाहरु यसप्रकार रहेका छन्–

१.दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ।

२.दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।

३.छालासम्बन्धी समस्या छ भने वा छालामा दाग लागेको छ भने मनतातो पानीले फाइदा गर्छ ।

४.नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

५.दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ। यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ ।

६.यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।

७.मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान  देखिनु हुनेछ।

८.भोक नलाग्ने समस्या छ भने एक गिलास मनतातो पानीमा कागतीको रस, मरिच र नून हालेर पिउनुपर्छ। यसले भोक जगाइदिन्छ।

९.दिनभरिको कामले थकान महसूस हुन्छ भने खाली पेटमा मनतातो पानी पिउनु उपयुक्त हुन्छ।

१०.मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु