काठमाडौ कात्तिक ३०। अादीमा बचत तथा ऋण सहकारी संस्था लि .काे १०अाैं वार्षिक साधारण सभा माननीय प्रतिनिधि सभा सदस्य एंव पुर्व शान्ती तथा पुन निर्माण मन्त्री सत्य पहाडी को प्रमुख अतिथि मा सम्पन्न भएको छ ।अन्य अतिथ हरूमा एमनेष्टीका पुर्व अध्यक्ष सुर्य बहादुर अधिकारी , कामनपा ४ का वडा सदस्य सरु अधिकारी , एन अार एन नरेन्द्र फगामी , एन प्याब्सन उपाध्यक्ष प्रबोध प्रभाकर रिजाल,कोषाध्यक्ष प्रताप थापा,आडिया नेपालका अध्यक्ष अमर बहादुर थापा लगाएतको उपस्थिति थियो ।
साधारण सभाबाट प्रल्हाद दाहाल अध्यक्ष, कृष्ण श्रेष्ठ उपाध्यक्ष राजु बस्नेत सचिव, कृष्णा मुनिकार कोषाध्यक्ष उत्सव शाह , राजु लामा र निरा शर्मा सदस्य पदमा, मनोज घिमिरे लेखा समिति संयाेजक, दिपक न्याउपाने र सुदिप शर्मा लेखा समिती सदस्य पदमा निर्बिरोध निर्वाचित हुनुभयो । उत्त सभालाई सम्बोधन गदै प्रमुख अतिथि पहाडीले सबै निवाचित हरूलाई लागी बधाई सहित सहकारीको माध्यमबाट देश बिकासमा साथ दिन सकिन्छ र कस्ले कति कमायो भन्दा पनि कति बचायो भन्ने कुरा महत्त्वपुर्ण हो भन्ने कुरा राख्दै सबै मिलेर मात्र सहकारी अगाडी बढाउन सकिने भनाइ राखनु भयो ।कार्यक्रममा सल्लाहकार अजबलाल यादब , सुर्य अधिकारी र सरु अधिकारीज्युले शुभकामना मनतब्य राख्नु भयो ।कार्यक्रममा असल ऋणि , बचतकर्ता र असल कर्मचारी सम्मान पनि गरिएको थियो । अध्यक्ष , सचिब , लेखा र आर्थिक प्रतिबेदन पेश गरिएको थियो र त्यो माथी छ्लफल गरि पास गरियो । नवनिर्वाचित सबैलाई माननिय सत्य पहाडीज्युले प्रमाणपत्र सहित सफल कार्यकालको कामना गर्दै हार्दिक बधाई ज्ञापन गर्नुभयो ।