प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

नेपाल अपाङ्ग मानव अधिकार केन्द्रमा तारावदन सेडाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर १, शनिबार १६:४२

१ मंसिर २०७५।  शर्मिला विश्वकर्मा, काठमाण्डौं नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं वार्षिक साधारण सभा तथा छैठौ अधिवेशन काठमाण्डौंमा सम्पन्न भएको छ । सो साधारण सभा तथा छैठौ अधिवशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले दिप प्रज्वलन गरेर गर्नु भयो । त्यसै गरी संस्थाका निर्वतमान महासचिव महेश्वर घिमिरेले संस्थाले विगतमा दिनमा जस्तै अहिले पनि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि आय–आर्जनका कार्यक्रमलाई निरन्तरता दिदै आएकोमा खुशी व्यक्त गर्नु भयो ।

सोही क्रममा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारीले सबैको सल्लाह सुझाव अनुसार संस्थागत रुपमा काम गर्ने बताउनु भयो । सो संस्थाको साधारण सभा तथा अधिवेशनका अवसरमा कार्यक्रमका विशेष अतिथि एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले यो संस्थाले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार दिलाउनको लागि संस्थाले काम गर्द सकोस् भन्ने शुभकामनाका व्यक्त गर्नु भयो । त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सभाका सासंद प्रकाश पन्तले संस्थाका कार्यहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

त्यसै गरी सो संस्थाको साधारण सभा तथा छैठौ अधिवेशनका अवसरमा संस्थाका महासचिव जगदिश प्रसाद अधिकारी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अम्बिका खड्काले प्रस्तुत गर्नु भएको थियो । नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको १८ औं साधारण सभा तथा छैठौ अधिवेशनले आगामी ३ वर्षको लागि तारावदन सेडाईको अध्यक्षतामा ७ जना नयाँ कार्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्षमा कृष्ण प्रसाद नेपाल, महासचिवमा जगदिश प्रसाद अधिकारी, सचिवमा जानकी श्रेष्ठ, र कोषाध्यक्षमा अम्बिका खड्का चयन हुनु भएको छ भने सदस्यहरुमा शुशीला ढकाल र प्रलाद श्रेष्ठ चयन हुनु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु