स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

नेविसंघको महाधिवेशनको विकल्प महाधिवेशन नै हो : महाधिवेशन पक्षधर नेताहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर २, आईतवार १९:५९

‘गोजीबाट छनोट गरिएको नेतृत्व नस्विकार्ने चेतावनी’
काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लबन नेपालमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले आज पत्रकार सम्मेलन गरेर गोजीबाट छनोट गरिएको नेतृत्व आफूहरुले नस्विकार्ने चेतावनी दिए ।

विधिवत महाधिवेशन पक्षधर विद्यार्थी नेता एवम् नेविसंघ आर.आर क्याम्पसका ईकाइ सचिव ताराबहादुर थापाले महाधिवेशनको विकल्प महाधिवेशन भएको भन्दै पार्टीका नेताहरुको स्वार्थका कारण नेविसंघको भविष्य अन्धकार बनेको जिकिर गरे ।
उनले भने,‘टिके प्रथा लोकतन्त्रविरोधी कार्य हो, हामी त्यसप्रकारको नेतृत्व स्वीकार गर्न सक्दैनौं, लोकतान्त्रिक माध्यामबाट नेतृत्व चयन गर्नुपर्छ, बास्तविक विद्यार्थी र वास्तविक नेविसंघका नेताहरुले नेविसंघको नेतृत्व लिनुपर्छ ।’
त्यस्तै, नेविसंघका नेता सुरेश परियारले ईतिहासकै गम्भिर अस्तित्वमा पुगेको कांग्रेसले यतिबेला पनि विचार पुर्याउन र जनताको अपेक्षाअनुसार काम गर्न नसके बाँकी समयमा अस्तित्व गुम्ने खतरा रहेको बताए ।

उनले भने,‘देशमा कम्युनिष्टले दुइ तिहाईको मत पाएको छ, जनताको मतअनुसार काम गर्न सकेको छैन्, यस समयमा पनि कांग्रेसले सोच्न सकेन र नेविसंघका बारेमा चिन्ता र चासो गर्न सकेन भने योभन्दा अर्को लाजमर्दो कुरा के हुन्छ ?’
उनले अघि थपे,‘महाधिवेशनको विकल्प महाधिवेशन हो, नेविसंघमाथि राजनीति गरेर पार्टीका नेताहरुले महाभुल गरिरहनुभएको छ, यो ईतिहासकै गम्भिर भुल हो, कांग्रेस आन्तरिक विवादमा फसिरह्यो भने लोकतन्त्र खतरामा पर्छ, त्यस समयमा हामीले जिब्रो टोक्नुबाहेक अर्को विकल्प हुँदैन, नेविसंघको नेतृत्व गोजीबाट चयन गर्न खोजियो भने आन्तरिक लोकतन्त्रको हत्या हुन्छ, हामी चाहन्छौं, जुन मुर्खता पार्टीका नेताहरुले आफ्नो गुट र व्यक्तिगत लाभको लागि गर्नुहुनेछै्न ।’

त्यस्तै कार्यक्रममा लक्ष्मी सिलवालले नेपाल विद्यार्थी संघको नेतृत्व तदर्थ समितिबाट चयन गरिए कडा प्रतिवाद गरिने चेतावनी दिएकी छिन् ।
उनले भनिन्,‘बरु समय थपेर भएपनि संघको निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ, गत भदौमा संघको कार्यकाल सकिएपछि उत्पन्न जटिलतालाई चिर्नुपर्ने स्थिति छ, यस समयमा मैले भनेकोमात्रै हुनुपर्छ, मेरो मान्छे हुनुपर्छ, मेरो गुटको मान्छेले संघको नेतृत्व पाउनुपर्छ भन्ने खालमा अव्यबहारिक अडानहरुले गर्दा आजको स्थिति आएको छ, साझा दृष्टिकोणमार्फत संघको नेतृत्व चयन गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा नेताहरु शिवहरी तिमिल्सिना, जयराम डंगोल, शिशिर दवाडी, कमल तिमिल्सिना, श्रीकृष्ण भट्टराई, प्रेम जिसी, श्याम पाण्डे, प्रविणजंग कार्कीलगायतले समय थपेरै भएपनि संघको १२ औं महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु