दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काङ्ग्रेस राजनीतिक प्रस्तावको तयारीमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ४ गते, मंगलवार २१:३५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमितिको बैठकमा पेश हुने राजनीतिक प्रस्तावको तयारीमा जुटेको छ ।  सोही क्रममा पार्टीका उपसभापति विमलेन्द्र निधि संयोजकत्वको राजनीतिक प्रस्ताव मस्यौदा समितिले सोमबार प्रदेश नं ३ स्तरीय कार्यक्रम आयोजना गरी सुझाव सङ्कलन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजीत कार्यक्रमको उद्घाट्न सत्रमा सभापति देउवाले सरकारले जनअपेक्षाअनुसारका काम गर्न नसकेको आरोप लगाउँदै संविधान विरोधी क्रियाकलाप र लोकतन्त्रको रक्षाका लागि सबै एक ढिक्का हुनुपर्ने बताए । पार्टीको राजनीतिक प्रस्ताव भएकाले यसमा महत्वपूर्ण सुझावका आग्रह गर्दै सभापति देउवाले गम्भीरतापूर्वक छलफलमा भाग आग्रह गरेका थिए । कार्यक्रमका संयोजक गगनकुमार थापाले सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको भन्दै सरकारको क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरे । काङ्ग्रेसले सबै युवालाई समेट्न युवा मैत्री नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

उद्घाट्नपछि सुझाव सङ्कलनका लागि पाँच समूह बनाएर दिनभर छलफल गरिएको थियो । कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका पार्टीका केन्द्रीय सदस्य, काङ्ग्रेस आबद्ध सङ्घीय र प्रादेशिक सांसद, महासमिति सदस्य, क्षेत्रीय सभापति, स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका प्रमुख र उपप्रमुख तथा भ्रातृ र शुभेच्छुक संस्थाका प्रादेशिक प्रमुखहरुको सहभागिता थियो ।

समितिले शनिबार प्रदेश नं २ र गण्डकी प्रदेशको सुझाव सङ्कलन गरिसकेको छ । यही मङ्सिर ४ गते प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा मङ्सिर ६ गते प्रदेश नं ५ मा सुझाव सङ्कलन कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ । प्राप्त सुझावलाई एकीकृत गरी पार्टीको केन्द्रीय समितिमा पेश गर्ने र केन्द्रीय समितिबाट पारित प्रस्तावलाई महासमिति बैठकमा पेश गरिनेछ । काङ्ग्रेसको महासमितिको बैठक यही मङ्सिर २८ देखि आगामी पुस ३ गतेसम्म काठमाडौँमा गर्ने तय भएको छ ।

 

मोर्चाबन्दीले पार्टीलाई फाइदा : सभापति देउवा
विराटनगर(जस)–नेपाली काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले पार्टीमा कोइरालाहरुबीचको एकताबाट पार्टीलाई फाइदा हुने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी्भित्र मोर्चाबन्दी गर्न पाइने स्पष्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले काङ्ग्रेस प्रजातान्त्रिक पार्टी भएकाले यसभित्र गुट उपगुट हुने बताउँदै विगतमा पार्टी सभापति गिरिजाप्रसाद हुँदा विधानअनुसार सञ्चालन नभएको प्रष्ट पारे ।

पार्टी्भित्र आन्तरिक द्वन्द्व भए पनि यो अराजक नभएको बताउँदै उनले पार्टीको महाधिवेशन तोकिएको समयमा हुनेछ भने । एक प्रश्नको जवाफमा सभापति देउवाले नेपाल विद्यार्थी सङ्घले आफ्नो कार्य राम्ररी गरेमा महाधिवेशन हुने विचार व्यक्त गरे ।

संघीयता धरापमा पारियो : डा.शेखर कोइराला
फिक्कल(जस)–नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संघीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाएका छन् । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो ।’ नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको बताए । उनले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गरे ।

कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नं १ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, नेका इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक सङ्घ प्रदेश नं १ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई पनि आग्रह गरे ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु