रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

अभिनेता बिपिन कार्कीकाे कलंकीमा दुर्घटना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ४, मंगलवार २१:४५

काठमाडौं : अभिनेता बिपिन कार्की दुर्घटनामा परि घाइते भएका छन् । उनी आज बिहान करिब ८ बजे कलंकीमा दुर्घटनामा परेका हुन् । फिल्म ‘जात्रै जात्रा’को सुटिङका लागि बालाजुतर्फ मोटरसाइकलमा जाँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको मोटरसाइकलको ठक्करबाट कार्की घाइते भएका हुन् ।

दुर्घटनाका कारण उनको दाहिने खुट्टाको हड्डीमा फ्र्याक्चर देखिएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा उपचार भइरहेको ‘जात्रै जात्रा’का निर्देशक प्रदीप भट्टराइले बताए । उनको दुर्घटनाले चलचित्रको आजको छायाँकन समेत रोकिएको छ ।

पछिल्लो समयका निकै ब्यस्त अभिनेता उनको ‘जात्रै जात्रा’ लगायत केही चलचित्र छायाँकनमा छन्, भने केही प्रदर्शनको क्रममा छन् । उनी अभिनित चलचित्र ‘प्रसाद’ यही २१ गते रिलिज हुदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु