स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

टान को कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता रमेश कुमार मैनाली नियूक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ५, बुधबार १८:५६
टान कार्यसमितिको कार्तिक १६ गते बसेको बैठकको निर्णय अनुसार मंसिर ४ गते कानुनी सल्लाहकारको रुपमा वरिष्ठ रमेश कुमार मैनाली नियूक्त हुनु भई टान कार्यसमितिद्वारा बधाई  कार्यक्रमको आयोजना गरियो ।

टान सचिवालयमा मंगलबार आयोजना गरिएको बधाई कार्यक्रममा टानका अध्यक्ष श्री नवराज दाहालले कानूनी क्रियाकलापको सहज संचालनको लागि कानूनी सल्लाहकारको आवश्यकता भएको व्यक्त गर्नुभयो । टानले कानूनी सल्लाहकारबाट वैधानिक दिशा पाउने र कानूनी समस्याहरू समाधान गर्दै प्रभावकारी कार्यहरु गर्न मदत पुग्ने कुरा बताउनुभयो । कानूनी सल्लाहकारले विभिन्न ट्रेकिङ क्षेत्रहरूमा कानूनी र प्रभावी ढंगले TIMS लागू गराउन, साथै स्थानीय निकायहरूबाट अवैध रूपमा प्रवेश शुल्क उठाएको हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालले अवगत गराउनु भयो । “कानूनी सलाहकारले ट्रेकिङ व्यवसायीहरु र सम्पूर्ण मजदुरहरुको हक हितमा लड्न कानुनी रुपमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्षले बताउनुभयो ।“

“समग्र पर्यटन क्षेत्रमा विभिन्न समस्याहरू जस्तै TIMS काउन्टर बन्द गराई अवैध रूपमा प्रवेश शुल्क उठाउदै आएको, पदयात्रा क्षेत्रका होटलहरुले  मनपरी lodging शुल्क उठाउदै आएको, ACAP ले अग्रिम सूचना बिना बढाएको शुल्क लगायत आरु समस्याहरुको बारे टानले विभिन्न मन्त्रालय र सम्बन्धित संघ संस्थाहरूमा पर्यटन क्षेत्रका समस्याहरूको बारेमा बारम्बार ध्यानाकर्षण गराएको  भएपनि सरकारले टानले उठाएका आवाजलाई बेवास्ता गरेको देखिन्छ । यसकारण, टानलाई कानूनी सल्लाहकारको आवश्यकता परेको छ ।” टानका महासचिव आङ पेम्बा शेर्पाले बताउनुभयो ।

टान कार्यसमितिले मैनालीलाई  कानूनी सल्लाहकारको रूपमा जिम्मेवारी प्रदान गरेकोमा उनले टानलाई धन्यवाद ज्ञापन गर्दै पर्यटन क्षेत्रका समस्याहरु अध्ययन गरेर त्यसलाई समाधान गरी टानलाई काकुनी रुपमा मजबूत बनाउनका लागि उचित निर्देशन साथै सुझाव दिने वाचा गर्नुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु