तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सञ्चारकर्मी कमला अधिकारी अभिनित लोक गीत “बर्खे भेल झै” सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ५, बुधबार १९:३०

बिगत लामो समय देखि नुवाकोट एफ.एम. बाट गुञ्जिने सुमधुर आवाजकी धनी साथै बहु प्रतिभा भएकी लोकप्रिय सञ्चारकर्मी कमला अधिकारीले बुढासुब्बा डिजिटल प्रा.लिको आधिकारिक युट्यूब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको लोक गीत “बर्खे भेल झै” मा अभिनय गरेर आफ्नो सांगीतिक यात्रा सुरुवात गरेकी छन । सञ्चारकर्मी भएको हुँदा सांगीतिक क्षेत्र देखि नजिक रहेकी उनलाई विभिन्न माध्यमबाट परिचीत थुप्रै कलाकारहरु द्वारा धेरै पटक अभिनयको लागि प्रस्ताव आएपनि त्यति चासो नराख्ने उनले यसपटकको अवसरलाई स्थान दिएको बताउछिन ।

https://youtu.be/beJnSyx-LPk

भोलिका दिनहरुमा अवसरलाई नै निरन्तरता दिएर केही म्युजिक भिडियो आउनसक्ने स्वभाविक नै हो तर यसै क्षेत्रमा संघर्ष गरेर निरन्तरता दिने वा नदिने भन्ने कुरा अहिले नै निर्णय नगरेको उनको भनाई छ । अत्यन्तै सुमधुर स्वरकी धनी चर्चित गायिका काव्य आचार्यको स्वर रहेको साथै रमेश श्रेष्ठको मर्मस्पर्शी लय तथा मार्मिक शब्दमा सृजना गरिएको गीतको भिडियो पनि रमेश श्रेष्ठकै निर्देशनमा तयार पारिएको छ । सागर गौतमको छायांकन रहेको उक्त गीतको भिडियोमा आफु भित्रको प्रतिभा प्रस्तुत गर्दै सांगीतिक यात्रा सुरु गरेकी सुनिता श्रेष्ठको पनि अभिनय देख्न पाइन्छ सुनिता श्रेष्ठ र सुजिता आचार्यको प्रस्तुतिमा बजारमा आएको गीतलाई काव्य म्युजिक सेन्टरले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ भने कमला अधिकारी र सुनिता श्रेष्ठसँगै केही समय अगाडि देखि सांगीतिक क्षेत्रमा संघर्षरत सञ्चारकर्मी साथै मोडल शिवराम भण्डारीको अभिनय रहेको छ त्यस्तै भिडियोलाई थप उत्कृष्ट बनाउनेतर्फ सम्पादन गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु