ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

टी-१० लिगमा सन्दीपले गरे उत्कृष्ट प्रदर्शन, बने म्यान अफ द म्याच

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ६, बिहीबार १५:३९

काठमाडौँ: टी-१० लिगमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिमले पहिलो खेलमा जित हासिल गरेको छ। केरला किंग्सको जितमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन्। पखतुन्सले दिएको ११० रनको लक्ष्यलाई केरलाले २ विकेट गुमाउदै ७.५ ओभरमा पुरा गरेको थियो। केरलाका लागि कप्तान इयोन मोर्गनले ४६ तथा पाउल स्ट्रीङले ४० रन बनाएका थिए बहने क्रिश गेलले १३ तथा किरोन पोलार्डले ११ रन बनाएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पख्तून्सले १० ओभरमा ५ विकेट गुमाउदै १०९ रन बनाएको थियो। पख्तून्सको पारीमा आन्द्रे फ्लेचरले सर्वाधिक ३२ रन बनाएका थिए भने क्यामरन डेलपोर्टले २८ तथाडासनले २५ रन बनाएका थिए।

केरला किंग्सका बलर सन्दीपले सनसनीपूर्ण बलिङ गर्दै ३ विकेट लिएका थिए। सन्दीपले २ ओभरमा १७ रन दिएर पख्तून्सका महत्वपूर्ण ३ विकेट लिएका थिए। केरलाले अन्य २ विकेट रनआउटको रुपमा लिएको थियो। सन्दीपले पख्तून्सका फ्लेचर, कोलिन इन्ग्राम र मोहमद कालिमलाई आउट गरेका थिए। आफ्नो २ ओभरको स्पेलमा सन्दीपले ४ बल डट फाल्दै १७ रन दिएर ३ विकेट लिएका थिए।  सन्दीप खेलको म्यान अफ द म्याच पनि बनेका थिए। सन्दीप खेल्ने टिम केरला किंग्सले आजै सिन्धिजविरुद्ध दोस्रो खेल खेल्ने छ।

श्राेतः janasawal.com

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु