सलिनमान बनियाँ स्टारर फिल्म यात्रा आँउदो चैत्र २९ मा रिलिज हुने भएको छ । फिल्मको रिलिज मितीसँगै फष्टलुक पोष्टर पनि सार्वजनिक गरिएको छ । फिल्ममा सलिनमान बनियाँ, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रे.अर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, र्इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको कलाकारहरुको अभिनय रहेको छ ।
कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , संजय लामाको छायांकन, आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।
फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माताको भूमिकामा रहेका छन् । जर्नी लभ स्टोरी भनिएको यस फिल्ममा सम्राट शाक्यको कथा तथा निर्देशन रहेको छ ।