गृह मन्त्रालयले समयमा उद्धारको अनुमती नदिंदा एक पर्यटकको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ मंसिर ६, बिहीबार १५:५७
काठमाण्डौं । मंसिर ६ । गृह मन्त्रालयले समयमा उद्धारको अनुमती नदिंदा डोल्पामा बुधबार एक क्यानेडियन पर्यटकको मृत्यु भएको छ ।
पासपोर्ट नम्बर एचके १२२४७३ भएका र्यान्डल फेरिस बेकरको शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने चार हजार तीन सय १० मिटर उचाइमा रहेको शे–गुम्बामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) अवदेश विष्टले जानकारी दिए ।
पर्यटक उद्धारको नाममा अबैध गतिबिधि भएको ठहर गदै सरकारले बिदेश पर्यटकलाई उद्धार गर्नुपुर्व अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । सरकारले अनुमति दिन ढिला गरेपछि डोल्पाका प्रमुख जिल्ला अधिकारी र डीएसपीको समन्वयमा बुधबार दिउँसो २ः३० बजे सिम्रिक एयर पोखराबाट उद्धारका लागि घटनास्थल पुगेका थिए । तर सिम्रिक एयर उद्धारमा पुग्नुभन्दा पहिले नै पर्यटकको मृत्यु भइसकेको सिम्रिक एयरका अप्रेशन डाइरेक्टर क्याप्टेन एन्डीले जानकारी दिए। क्याप्टेन एन्डीका अनुसार उद्धारमा सरकारले ढिला गरी अनुमति दिँदा विदेशी पर्यटकको मृत्यु भएको यो तेस्रो पटक हो। उद्धारका लागि अथक प्रयास गरेपनि पर्यटकलाई बचाउन नसक्दा पीडा महसुस भएको उनले बताए। एक घण्टाअघि उद्धारका लागि पुग्न सकेको भए उनलाई बचाउन सकिने चिकित्सकले बताएका छन्।
श्राेतः sagarmathapost.com
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु