-सन्तोष बजगाई,
काठमाण्डौं । साहित्यका विविध विधाहरुमध्ये कविता विधा सर्वश्रेष्ठ विधाका रुपमा लिईन्छ । कविता सिर्जना सुन्दा वा पढ्दा जति आनन्द प्राप्त हुन्छ सिर्जना गर्न सहज भने पक्कै हुँदैन । समाज परिवर्तनका विविध उपायहरु मध्ये साहित्यको भूमिकालाई सबैले महत्वका साथ हेर्ने गरेको पाईन्छ । साहित्य विनाको मानव सम्भव नरहन सक्छ । त्यसमाथि कविता मन नपराउने दुनियाँमा कमै होलान् ।
साहित्य सिर्जनामा आफूलाई खरो रुपमा युवाहरु माझ प्रस्तुत हुँदै आएका एक साहित्यकारको नाम हो प्रशान्त डंगोल । काठमाण्डांै टोखामा जन्मिएका युवा साहित्यकार प्रशान्त डंगोलले भर्खरै मात्र आफ्नो कविता संग्रह “अर्णव” बजारमा ल्याएका छन् ।
यस अघि उनले गुटिका फूलहरु (हाइकु संग्रह), कल्पना हराएको छ आज (गजल संग्रह), शिवपुरी खटिका (हाइकु संग्रह) लगायतका संग्रह, लेख तथा संयुक्त संग्रह प्रकाशन गरिसकेका छन् ।
यस कविता संग्रह “अर्णव” भित्र राजनैतिक बेतिथी, सामाजिक विषयबस्तुहरु तथा जीवन भोगाईका केही अनुभूतीहरुलाई समेटेर १२ वटा कविताहरुमा विभाजन गरि प्रस्तुत गरेका छन् ।
यस अघिका अन्य सिर्जनाहरुले झैं अर्णवले पनि सफलता प्राप्त गरोस् कवि प्रशान्त डंगोललाई शुभकामना ।